
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको बाच्छामा भक्तपुरे लोकल काँक्राको विउ विक्री गरी महिनामै लाखौ आम्दानी गर्ने कृषक छन् । यो सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ । अपत्यार गर्नुपर्ने कुनै कारण भने छैन किनभने महिनाको ४ लाख कमाइ गर्ने एक भन्दा धेरै कृषकहरु छन् ।
यतिखेर पर्वतको दक्षिणी भेगमा पर्ने बाच्छा गाउँका कृषकलाई विउ काँक्रा टिप्न कम्मर कसेर लागेका छन् । खेतबारीमा गइ हेर्ने मानिसलाई लाग्छ कि कृषकहरु विउ काँक्रा हैन कि पैसा टिप्दै छन् । कृषकहरु आफ्नो परिश्रमको फल देखेर होला काँक्रा टिप्दै गर्दा अत्यन्तै खुशी र उत्साही देखिन्छन् । जिल्लाको फलेवास नगरपालिकाको वडा १० र ११ साथै विहादी गाउँपालिकाको वडा १ मा पर्ने बाच्छाका कृषकहरुलाई यतिखेर विउ काँक्रा टिप्दा नै भ्याइनभ्याइ भएको छ ।
गत फागुनको पहिलो हप्तामा लगाएको काँक्रा यतिखेर फागुनको दोस्रो हप्तातिर टिप्ने भएको छ । तीन महिनामै विउ काँक्रा तयार हुन्छ । बाच्छाका स्थानीय युवा कृषक शिव कुमार क्षेत्रीले यस वर्ष मात्रै १ सय केजी भन्दा बढी काँक्राको विउ उत्पादन हुने लक्ष्य लिएको बताउनुभयो । कृषक क्षेत्रीले १ सय केजी मात्रै उत्पादन गर्न सके पनि १३ लाख रुपैया बराबर विउ काँक्रा विक्री गरी आम्दानी गर्न सकिने बताउनुहुन्छ । देशमा केही काम छैन र कमाइ गर्न सकिदैन भन्नेहरुका लागि मिहिनेत गरेमा केही हुन्छ भन्ने उदाहरण कृषक क्षेत्रीले देखाउनु भएको छ ।
कृषक क्षेत्रीको भनाई अनुसार कृषक क्षेत्रीको काँक्राको विउ मात्रै विक्री गरी मासिक कमाइ ४ लाख भन्दा बढी हुन जान्छ । कृषक क्षेत्रीले काक्राको विउ मात्रै उत्पादन गर्ने नभई प्याजको खेती साथै पशुपालन समेत गर्दै आउनु भएको छ । उमेरले तीन दशकमै रहेका अगुवा कृषक क्षेत्री यतिवेला अत्यन्तै हर्षित छन् । वैदेशिक रोजगारमा केही वर्ष दक्षिण कोरिया बसेर स्वदेश फर्किएका कृषक क्षेत्रीले कृषि क्षेत्रबाट सोचे भन्दा बढी आम्दानी भएको देख्दा दंग छन् ।
बाच्छा गाउँबाट गत वर्ष काँक्राको विउ विक्री गरी कृषकहरुले १ करोड बढी रकम भित्राएका थिए । विहादी बाच्छाकै ऋषिराम भुषाल पनि काँक्राको विउ उत्पादक कृषक हुन् । कृषक भुषालले १५ रोपनी क्षेत्रफलमा लगाएको विउ काँक्रा खेतीबाट प्रति रोपनी १० केजी विउ उत्पादन हुने दावी गर्नुभयो । उहाँका अनुसार प्रति केजी १३ हजारमा विउ विक्री भएमा तीन महिनामै १९ लाख रुपैया कमाइ हुनेछ ।
कृषक क्षेत्री सृजनशील कृषक समूहको अध्यक्ष हुनुहुन्छ । उहाँको कृषक समूहमा २८ जना कृषकहरु जुटेका छन् । कृषक समूहले १ सय रोपनीमा व्यावसायिक काँक्रा विउ खेती गरेको छ भने बाच्छामा मात्रै २ सय रोपनी क्षेत्रफलमा कृषकहरुले विउ काँक्राको खेती गरिएको छ ।
यस वर्ष पनि मौसमले राम्रो साथ दिएको हुँदा सोही मूल्य बढीको उत्पादन गरिने अड्कल यहाँका स्थानीय कृषकहरुको छ । बाच्छामा मात्रै कृषकहरुले २ सय रोपनी क्षेत्रफलमा विउ काँक्राको खेती गरेका छन् । गत फागुनको पहिलो हप्ता लगाएको काँक्रा जेष्ठको दोस्रो हप्तातिर करीव तीन महिनामा विउ तयार हुन्छ । विउ खरीदका लागि क्रेताहरु कृषकको सम्पर्कमा आइसकेको हुँदा विउ विक्री गर्ने चिन्ता समेत कृषकहरुलाई छैन ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया