
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

दृढईच्छा शक्ति र इमान्दार नेतृत्व ठोस योजना सहित निरन्तर लागि परेमा कुनै पनि संस्थाले प्रगति हात पार्न सक्छ भन्ने उदाहरण यतिखेर प्रदेश अस्पताल पर्वत बनेको छ । अस्पतालमा भएका ५० वटा कार्यको समुदायस्तरबाट मुक्तकण्ठले प्रशंसा भएको छ ।
असल र कुशल नेतृत्वका कारण प्रदेश अस्पताल पर्वत कुश्माले तीन वर्षमै चमात्कारिक विकास भेटेको छ । प्रदेश अस्पताल पर्वत प्रदेशमै उत्कृष्ट अस्पताल भनी पुरस्कृत हुन समेत सफल भएको छ । कुनैबेला अस्पतालमा प्रर्याप्त पानी नहुँदा सरसफाइ हुन सकेको थिएन । अस्पताल जस्तो स्वास्थ्य संवेदनशीलता रहेको स्थानमा पिउने पानीको अभावका कारण रोग संक्रमणको खतरा थियो ।
वर्षेनी ७ लाख देखि ९ लाख रुपैया खर्चिएर ट्याङरबाट पानी झिकाउनु पर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा.हेमन्त बास्तोलाको भनाई छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको ठोस पहलमा ल्याईएको गोपाङघाट–अस्पताल लिफ्टिङ खानेपानी योजना सफल हुँदा अहिले अस्पतालमा पानीको समस्या छैन ।
रोचक र चाखलाग्दो विषय के छ भने अहिले गण्डकी प्रदेशमा रहेका ११ वटा प्रदेश अस्पतालमध्ये प्रदेश अस्पताल पर्वत कुश्मा मात्रै आफ्नै खानेपानीको स्रोत रहेको छ । खानेपानी योजना ५० लाख रकम बढीको भए पनि सो रकम भन्दा करीव आधा रकम २५ लाख मात्रैमा योजना सम्पन्न हुनु पारदर्शीताको उदाहरण हो ।
प्रदेश अस्पताल पर्वत अव ५० शैयामा स्तरोन्नती भएको छ । अस्पताल व्यवस्थापन समितिको पटक पटकको पहलपछि गण्डकी प्रदेश सरकारले ५० शैयामा स्तरोन्नती गरेको हो । अस्पताललाई सौन्दर्यकरण मार्फत् बेहुलीलाई झैं चिटिक्क र सुन्दर पारिएको छ । अस्पतालको वातावरण स्वच्छ राख्न, हराभरा बनाउन र अस्पतालमा आउने सेवाग्राहीलाई आनन्द तुल्याउन सौन्दर्यकरणको परियोजना ल्याइएको हो । अध्यक्ष शंकर गिरीको प्रस्तावमा अन्तर्राष्ट्रिय पर्वत समाजको परियोजनाका लागि ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।
अस्पताल परिसरमा सौन्दर्यकरण परियोजना अन्तर्गत चौपारी निर्माण, फूल विरुवा रोपण, बुद्ध मूर्ति निर्माण, ढुङ्गेधारा निर्माण, डाँफे, मृगा लगायतका कलाकृति, चिल्र्डेन पार्क, अस्पाताल ग्यालेरी, खुला व्यायामशाला लगायत थुप्रै कामहरु भएका छन् । समुदायसँग मिलेर अस्पतालले न्यानो कपडाघरको संचालन गरेको छ । न्यानो कपडा घरबाट जोकोहीले अस्पतालमा बस्नुपर्दा कपडा भएन अव ओढ्ने र लगाउने के होला भनी गरीव गाउँले जनताले पिरोलिन पर्दैन ।
अझ महत्वपूर्ण कार्य भनेको अस्पतालबाट उत्पादन हुने चिकित्सा फोहोरको व्यवस्थापन अस्पताल आफैले आधुनिक वातावरण मैत्री प्रविधिबाट गर्दै आएको छ ।
बजारमा बाहिर किन्नु परेमा एक बोतल पिउने पानीलाई करीव ३० रुपैया तिर्नुपर्ने हुन्छ तर अस्पतालले प्रशोधित शुद्ध पिउने पानीको निःशुल्क व्यवस्था मिलाएको छ । अस्पतालमा सेवाग्राहीलाई घण्टौ लाइन बस्ने पीडा अव छैन किनभने टोकन प्रणालीले लाइन बस्नुपर्ने झन्झट हटेको छ । आधुनिक शवगृह निर्माणधिन अवस्थामा छ । अस्पताललाई राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा पुर्ण रुपमा डिजिटलाईजेसन गरिएको छ । जसका कारण विरामीले पटक पटक कागजात बोकेर हिड्नु पर्ने झन्झट अव अस्पतालमा छैन ।
अस्पतालमा सुशासन र भ्रष्टचारजन्य अपराध रोक्न हरसम्भव प्रयास गरिएको छ । विगतमा औषधि तथा औषधीजन्य सामाग्री, सर्जिकल तथा सर्जिकलजन्य सामाग्री लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री खरीदमा करोडौको घोटाला र भ्रष्टचार हुने गरेका समाचार सुनिन्थे । अस्पतालले विगत ३ वर्ष यर्ता पारदर्शी र व्यवस्थित बनाउन इ बीड मार्फत् सार्वजनिक खरिद प्रक्रिया लागू गरेको छ ।
अस्पतालको ३५ वर्षको इतिहासमै पहिलो पटक सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गरिएको छ । सुशासन र पारदर्शीताका लागि सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गरिन्छ । सरोकारवाला सवै पक्षलाई बोलाएर वृहत रुपमा कार्यक्रम सामजिक परीक्षण गरिनुले अस्पताल व्यवस्थापन समितिको इमान्दारिता झल्किन्छ । अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा, डेन्टल सेवा विस्तार, ल्याव सेवा विस्तार, डायलाइसिस सेवा लगायत ५० भन्दा बढी उल्लेखनीय र अस्पतालको मुहार फेर्ने कार्य अध्यक्ष शंकर गिरीको सक्रिय नेतृत्वमा भएको छ ।
गत जेष्ठ ११ गते आफ्नो सेवा कार्यअवधि सकिएर विदा हुँदै गर्दा अध्यक्ष गिरीले प्रदेश अस्पताल कुश्मालाई अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न विस्तृत गुरुयोजना(डिपिआर) गण्डकी सरकारका माननीय स्वास्थ्य मन्त्री कृष्ण पाठक समक्ष पेश गर्नुभएको छ । अस्पतालमा अध्यक्ष गिरीको विदाइ कार्यक्रममा सहभागी विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधि वक्ताहरुले व्यवस्थापन समितिले गरेको कार्यको मुक्तकण्ठले प्रर्शसा गरेका थिए ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया