
१एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता
२मानवसेवा आश्रमका लागि जुट्यो करीव ७ करोड रकम सहयोग
३बहुमूल्य जडिबुटीमा कसैको ध्यान नपुग्दा कुहिएर नष्ट
४जेन्जी आन्दोलनले दिएको झड्का राजनीतिक नेतृत्वले कहिले बुझ्ने
५ब्रेक फेल भई गाडी दुर्घटना हुँदा तीन घाईते
६दिगो शान्तिका लागि हिमालयन सिद्धमहायोग ध्यान साधना
७सामुदायिक कुकुरको रेखदेखमा रमाएकी राजकुमारी
८चिस्यान केन्द्र निर्माण ९ वर्ष देखि अलपत्र
९नेपाली विद्यार्थी जोशी जीवित नरहेको जानकारी
१०सांसद र राजनीतिक दलका पदाधिकारीहरुले स्वकीय सचिव राख्ने व्यवस्था खारेज
१२सार्वजनिक जग्गा भोग गर्नेलाई हटाउन विद्यालयलाई हम्मे

दृढईच्छा शक्ति र इमान्दार नेतृत्व ठोस योजना सहित निरन्तर लागि परेमा कुनै पनि संस्थाले प्रगति हात पार्न सक्छ भन्ने उदाहरण यतिखेर प्रदेश अस्पताल पर्वत बनेको छ । अस्पतालमा भएका ५० वटा कार्यको समुदायस्तरबाट मुक्तकण्ठले प्रशंसा भएको छ ।
असल र कुशल नेतृत्वका कारण प्रदेश अस्पताल पर्वत कुश्माले तीन वर्षमै चमात्कारिक विकास भेटेको छ । प्रदेश अस्पताल पर्वत प्रदेशमै उत्कृष्ट अस्पताल भनी पुरस्कृत हुन समेत सफल भएको छ । कुनैबेला अस्पतालमा प्रर्याप्त पानी नहुँदा सरसफाइ हुन सकेको थिएन । अस्पताल जस्तो स्वास्थ्य संवेदनशीलता रहेको स्थानमा पिउने पानीको अभावका कारण रोग संक्रमणको खतरा थियो ।
वर्षेनी ७ लाख देखि ९ लाख रुपैया खर्चिएर ट्याङरबाट पानी झिकाउनु पर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा.हेमन्त बास्तोलाको भनाई छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको ठोस पहलमा ल्याईएको गोपाङघाट–अस्पताल लिफ्टिङ खानेपानी योजना सफल हुँदा अहिले अस्पतालमा पानीको समस्या छैन ।
रोचक र चाखलाग्दो विषय के छ भने अहिले गण्डकी प्रदेशमा रहेका ११ वटा प्रदेश अस्पतालमध्ये प्रदेश अस्पताल पर्वत कुश्मा मात्रै आफ्नै खानेपानीको स्रोत रहेको छ । खानेपानी योजना ५० लाख रकम बढीको भए पनि सो रकम भन्दा करीव आधा रकम २५ लाख मात्रैमा योजना सम्पन्न हुनु पारदर्शीताको उदाहरण हो ।
प्रदेश अस्पताल पर्वत अव ५० शैयामा स्तरोन्नती भएको छ । अस्पताल व्यवस्थापन समितिको पटक पटकको पहलपछि गण्डकी प्रदेश सरकारले ५० शैयामा स्तरोन्नती गरेको हो । अस्पताललाई सौन्दर्यकरण मार्फत् बेहुलीलाई झैं चिटिक्क र सुन्दर पारिएको छ । अस्पतालको वातावरण स्वच्छ राख्न, हराभरा बनाउन र अस्पतालमा आउने सेवाग्राहीलाई आनन्द तुल्याउन सौन्दर्यकरणको परियोजना ल्याइएको हो । अध्यक्ष शंकर गिरीको प्रस्तावमा अन्तर्राष्ट्रिय पर्वत समाजको परियोजनाका लागि ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।
अस्पताल परिसरमा सौन्दर्यकरण परियोजना अन्तर्गत चौपारी निर्माण, फूल विरुवा रोपण, बुद्ध मूर्ति निर्माण, ढुङ्गेधारा निर्माण, डाँफे, मृगा लगायतका कलाकृति, चिल्र्डेन पार्क, अस्पाताल ग्यालेरी, खुला व्यायामशाला लगायत थुप्रै कामहरु भएका छन् । समुदायसँग मिलेर अस्पतालले न्यानो कपडाघरको संचालन गरेको छ । न्यानो कपडा घरबाट जोकोहीले अस्पतालमा बस्नुपर्दा कपडा भएन अव ओढ्ने र लगाउने के होला भनी गरीव गाउँले जनताले पिरोलिन पर्दैन ।
अझ महत्वपूर्ण कार्य भनेको अस्पतालबाट उत्पादन हुने चिकित्सा फोहोरको व्यवस्थापन अस्पताल आफैले आधुनिक वातावरण मैत्री प्रविधिबाट गर्दै आएको छ ।
बजारमा बाहिर किन्नु परेमा एक बोतल पिउने पानीलाई करीव ३० रुपैया तिर्नुपर्ने हुन्छ तर अस्पतालले प्रशोधित शुद्ध पिउने पानीको निःशुल्क व्यवस्था मिलाएको छ । अस्पतालमा सेवाग्राहीलाई घण्टौ लाइन बस्ने पीडा अव छैन किनभने टोकन प्रणालीले लाइन बस्नुपर्ने झन्झट हटेको छ । आधुनिक शवगृह निर्माणधिन अवस्थामा छ । अस्पताललाई राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा पुर्ण रुपमा डिजिटलाईजेसन गरिएको छ । जसका कारण विरामीले पटक पटक कागजात बोकेर हिड्नु पर्ने झन्झट अव अस्पतालमा छैन ।
अस्पतालमा सुशासन र भ्रष्टचारजन्य अपराध रोक्न हरसम्भव प्रयास गरिएको छ । विगतमा औषधि तथा औषधीजन्य सामाग्री, सर्जिकल तथा सर्जिकलजन्य सामाग्री लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री खरीदमा करोडौको घोटाला र भ्रष्टचार हुने गरेका समाचार सुनिन्थे । अस्पतालले विगत ३ वर्ष यर्ता पारदर्शी र व्यवस्थित बनाउन इ बीड मार्फत् सार्वजनिक खरिद प्रक्रिया लागू गरेको छ ।
अस्पतालको ३५ वर्षको इतिहासमै पहिलो पटक सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गरिएको छ । सुशासन र पारदर्शीताका लागि सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गरिन्छ । सरोकारवाला सवै पक्षलाई बोलाएर वृहत रुपमा कार्यक्रम सामजिक परीक्षण गरिनुले अस्पताल व्यवस्थापन समितिको इमान्दारिता झल्किन्छ । अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा, डेन्टल सेवा विस्तार, ल्याव सेवा विस्तार, डायलाइसिस सेवा लगायत ५० भन्दा बढी उल्लेखनीय र अस्पतालको मुहार फेर्ने कार्य अध्यक्ष शंकर गिरीको सक्रिय नेतृत्वमा भएको छ ।
गत जेष्ठ ११ गते आफ्नो सेवा कार्यअवधि सकिएर विदा हुँदै गर्दा अध्यक्ष गिरीले प्रदेश अस्पताल कुश्मालाई अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न विस्तृत गुरुयोजना(डिपिआर) गण्डकी सरकारका माननीय स्वास्थ्य मन्त्री कृष्ण पाठक समक्ष पेश गर्नुभएको छ । अस्पतालमा अध्यक्ष गिरीको विदाइ कार्यक्रममा सहभागी विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधि वक्ताहरुले व्यवस्थापन समितिले गरेको कार्यको मुक्तकण्ठले प्रर्शसा गरेका थिए ।


प्रतिक्रिया