
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको कुश्मानगरपालिकास्थित मकै खेती गरिएका कृषि फाँटमा बाँदर पसेर आतंक मच्चाइ दिदा कृषकहरु मर्कामा परेका छन् । पसाउन थालेको मकै बाँदरले खाने र भाँचिदिने गरेपछि कृषकलाई विउ मकै जोगाउन समेत हम्मे परेको छ । कुश्मानगरपालिका वडा ९ मा पर्ने अधिकारी फाँट र सल्लेनी फाँट उव्जाउ जग्गामा गनिन्छन् । सिचाईको राम्रो सुविधा भएका दुवै फाँटमा स्थानीयहरुले करीव ३ हजार रोपनीमा खेतीपाती गर्दछन् । कृषकहरुले बाँदरले मकै खाइदिने डरले अधिकांश जग्गा बाँझो नै छाडेका छन् । अधिकारी फाँट र सल्लेनी फाँट गरी करीव २ सय रोपनीमा मकै खेती गरिएको छ । खेती गरेका मकै बारीमा बाँदर पसेर नष्ट गरी दिएपछि यहाँका कृषक चिन्तित छन् ।
स्थानीय ७५ वर्षे कृषक खडानन्द पौडेलले बाँदरले मकै पसाउन नै नपाइ नष्ट गरी दिएपछि दुःखेसो गर्दै भन्नुभयो–ूघरमा काम गर्ने कोही छैनन् । छोराबुहारी सवै बाहिर छन् । जग्गा बाँझो छाड्न भएन भनी पैसा खर्च गरी खेती ग¥यो । मकै जति सवै बाँदरले खाइदिएको छ । हरियो डाँठ गाईवस्तुका लागि खुवाउन हुन्थ्यो । गाईवस्तु पनि धेरै पाल्न नसकेर दुई वटा मात्रै छन् । मकैको विउसम्म जोगाउन पाए पनि हुन्थ्यो ।
अन्न खाउला भनी लगाएको
मकै बाली नै बाँदर पसेर खाइदिए पछि स्थानीय कृषकहरु मकैको भुत्ला र हरियो डाँठ गाईवस्तुलाई खुलाउन भनी ओसार्दै गरेको देखिन्छन् । सल्लेनी फाँटमा एक हल मेलोमा मकै खेती गरेका कृषक जित बहादुर नेपालीलाई बाँदरले मकै खाइदिएपछि बेस्सरी चोट परेको गुनासो गर्दै भन्नुभयो–ूखेत अलि भित्रतिर पर्छ भनेर एक हलको मेलोमा मकै खेती गरेको हो । भित्री जग्गामा समेत बाँदर पसेर केही राखेन । मकै लगाएर यसरी नष्ट भएको देख्न भन्दा त त्यो समयमा बरु ज्यालादारीमा मिस्त्री काम गर्न गएको भए राम्रो हुने रहिछ ।
स्थानीय कृषक दिपक अधिकारीले हुलका हुल बाँदर आउने र खेतीमा पसेपछि निकाल्न नै नसकिने बताउँदै भन्नुभयो–ूकृषकहरु मिलेर बाँदर हेर्ने हेरालु राखिएको छ । विहान उज्यालो नहुँदै र बेलुका अध्याँरो नहुन्जेल खेतमा दैनिक दुई जनाले हेरालुको काम गर्न पालो राखिएको छ । कहिलेकाही बाँदरको हुलले झुक्याएर मकै बारीमा पस्यो भने धपाउन नै मुस्किल पर्छ । अझै राता बाँदरले टोक्न आउने र नटेर्ने गर्छन् ।
कृषक अधिकारीका अनुसार गत जेठ १२ गतेदेखि साउन ८ गतेसम्मलाई ३० जना स्थानीय कृषकहरुलाई हेरालुको काम गर्ने भनी समय तालिका तोकिएको छ । मकैका लागि हेरालुको काम गरेको हुँदा अधिकारी फाँटमा बाँदरले केही कम क्षति पुराएको कृषकहरुको भनाई छ । छन् ।
वडा ९ का अध्यक्ष राम शर्मा लामिछानेले बाँदर आर्तकका कारण कृषकहरुले दुःख पाएको बताउदै भन्नुभयो–ूबाँदरबाट खेती जोगाउन सवै पहल गर्दा पनि सफल हुन सकिएन । बाँदरबाट खेती जोगाउन नगरपालिकाले नै एकीकृत योजना ल्याउनु पर्ने भनी माग गर्दा समेत कुनै वास्ता गरिएन । अधिकारी फाँटमा स्थानीय कृषकहरु हेरालु बसेको हुुँदा अलि कम क्षति भएको छ तर सल्लेनी फाँटमा भने बाँदरले मकै खेतीमा आर्तक मच्चाएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया