News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहारापाटी विशेष

पसाउन थालेको मकै बाँदरले खाइदिए पछि कृषक मर्कामा

पर्वत जिल्लाको कुश्मानगरपालिकास्थित मकै खेती गरिएका कृषि फाँटमा बाँदर पसेर आतंक मच्चाइ दिदा कृषकहरु मर्कामा परेका छन् । पसाउन थालेको मकै बाँदरले खाने र भाँचिदिने गरेपछि कृषकलाई विउ मकै जोगाउन समेत हम्मे परेको छ । कुश्मानगरपालिका वडा ९ मा पर्ने अधिकारी फाँट र सल्लेनी फाँट उव्जाउ जग्गामा गनिन्छन् । सिचाईको राम्रो सुविधा भएका दुवै फाँटमा स्थानीयहरुले करीव ३ हजार रोपनीमा खेतीपाती गर्दछन् । कृषकहरुले बाँदरले मकै खाइदिने डरले अधिकांश जग्गा बाँझो नै छाडेका छन् । अधिकारी फाँट र सल्लेनी फाँट गरी करीव २ सय रोपनीमा मकै खेती गरिएको छ । खेती गरेका मकै बारीमा बाँदर पसेर नष्ट गरी दिएपछि यहाँका कृषक चिन्तित छन् ।

स्थानीय ७५ वर्षे कृषक खडानन्द पौडेलले बाँदरले मकै पसाउन नै नपाइ नष्ट गरी दिएपछि दुःखेसो गर्दै भन्नुभयो–ूघरमा काम गर्ने कोही छैनन् । छोराबुहारी सवै बाहिर छन् । जग्गा बाँझो छाड्न भएन भनी पैसा खर्च गरी खेती ग¥यो । मकै जति सवै बाँदरले खाइदिएको छ । हरियो डाँठ गाईवस्तुका लागि खुवाउन हुन्थ्यो । गाईवस्तु पनि धेरै पाल्न नसकेर दुई वटा मात्रै छन् । मकैको विउसम्म जोगाउन पाए पनि हुन्थ्यो ।

अन्न खाउला भनी लगाएको मकै बाली नै बाँदर पसेर खाइदिए पछि स्थानीय कृषकहरु मकैको भुत्ला र हरियो डाँठ गाईवस्तुलाई खुलाउन भनी ओसार्दै गरेको देखिन्छन् । सल्लेनी फाँटमा एक हल मेलोमा मकै खेती गरेका कृषक जित बहादुर नेपालीलाई बाँदरले मकै खाइदिएपछि बेस्सरी चोट परेको गुनासो गर्दै भन्नुभयो–ूखेत अलि भित्रतिर पर्छ भनेर एक हलको मेलोमा मकै खेती गरेको हो । भित्री जग्गामा समेत बाँदर पसेर केही राखेन । मकै लगाएर यसरी नष्ट भएको देख्न भन्दा त त्यो समयमा बरु ज्यालादारीमा मिस्त्री काम गर्न गएको भए राम्रो हुने रहिछ ।

स्थानीय कृषक दिपक अधिकारीले हुलका हुल बाँदर आउने र खेतीमा पसेपछि निकाल्न नै नसकिने बताउँदै भन्नुभयो–ूकृषकहरु मिलेर बाँदर हेर्ने हेरालु राखिएको छ । विहान उज्यालो नहुँदै र बेलुका अध्याँरो नहुन्जेल खेतमा दैनिक दुई जनाले हेरालुको काम गर्न पालो राखिएको छ । कहिलेकाही बाँदरको हुलले झुक्याएर मकै बारीमा पस्यो भने धपाउन नै मुस्किल पर्छ । अझै राता बाँदरले टोक्न आउने र नटेर्ने गर्छन् ।

कृषक अधिकारीका अनुसार गत जेठ १२ गतेदेखि साउन ८ गतेसम्मलाई ३० जना स्थानीय कृषकहरुलाई हेरालुको काम गर्ने भनी समय तालिका तोकिएको छ । मकैका लागि हेरालुको काम गरेको हुँदा अधिकारी फाँटमा बाँदरले केही कम क्षति पुराएको कृषकहरुको भनाई छ । छन् ।
वडा ९ का अध्यक्ष राम शर्मा लामिछानेले बाँदर आर्तकका कारण कृषकहरुले दुःख पाएको बताउदै भन्नुभयो–ूबाँदरबाट खेती जोगाउन सवै पहल गर्दा पनि सफल हुन सकिएन । बाँदरबाट खेती जोगाउन नगरपालिकाले नै एकीकृत योजना ल्याउनु पर्ने भनी माग गर्दा समेत कुनै वास्ता गरिएन । अधिकारी फाँटमा स्थानीय कृषकहरु हेरालु बसेको हुुँदा अलि कम क्षति भएको छ तर सल्लेनी फाँटमा भने बाँदरले मकै खेतीमा आर्तक मच्चाएको छ ।

प्रतिक्रिया