
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लामै पहिलो पटक धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थापना गर्न लागिएको भण्डारा सेवा केन्द्र निर्माणमा ढिलाई भएको छ । भौतिक संरचना निर्माण कार्य छ महिनामै सम्पन्न गरी सेवा प्रदान गर्ने लक्ष्य लिएको भए पनि आर्थिक अभावले काम अलपत्र परेको हो ।
सेवा केन्द्रले सर्वसाधारणबाट मात्रै आर्थिक संकलन गर्न नसकेपछि पक्की भवनको फिनिसिङको कार्य अधुरो रहेको जनाएको छ । सर्वसाधारणको आर्थिक तथा भौतिक सहयोगमा कुश्मा नगरपालिका ४ स्थित महाविर स्थानमा पोखरा–बाग्लुङ राजमार्ग नजिकै दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रको स्थापना हुँदैछ ।
दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले पर्वतमा रहेका धार्मिक स्थलको दर्शन साथै सदरमुकाम कुश्मा हुँदै मुक्तिनाथ पुग्ने साधुसन्त, तीर्थालु, भक्तजनको सेवाका लागि भण्डारा सेवा केन्द्रको स्थापना थालेको हो । भण्डारा सेवा केन्द्रले काम थालेको ६ महिना भित्रमा सेवा उपलब्ध गराउने भनिए पनि आर्थिक अभावकै कारण एक वर्ष बढी हुँदा समेत निर्माणको काम पुरा गर्न सकेको छैन ।
भण्डारा सेवा केन्द्रको संरक्षक दुर्गानाथले संस्थाको सेवामा भएको ढिलाईबारे भन्नुहुन्छ–ूसनातन धर्म संस्कृतिको संरक्षण एवं धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि भण्डारा सेवा केन्द्रको स्थापना गर्न लागिएको हो । सेवा केन्द्रको स्थापनामा ढिलाई भएपनि सवैको सहयोगबाट काम पुरा हुने विश्वास छ ।ू
भण्डारा सेवा केन्द्रले भक्तजनहरुको आर्थिक र भौतिक सहयोगबाट निर्माणाधिन तीन तले पक्की भवनमा आवास गृह, भोजनालयसँगै ध्यानसाधना केन्द्रको सेवा उपलब्ध हुनेछ । केन्द्रले भण्डारा सहित अन्य भौतिक संरचना निर्माणका लागि ६० लाख लागतको अनुमान गरेको छ । सेवा केन्द्रले स्थानीय सरकार तथा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयलाई आर्थिक सहयोगका लागि आग्रह गरेको जनाएको छ ।
भवन नजिकै रहेको साधुसन्तहरु नागा बाबा महाविर गिरी महाराज, नागाबाबा विष्णु गिरी महाराज र नागाबाबा पशुपति गिरी महाराजको पवित्र समाधिस्थल वरिपरि सुन्दर बगैचा र गौशाला निर्माण गर्ने योजना केन्द्रको छ । ब्रम्हलीन हुनु भएका नागाबाबाका नेपाल तथा भारत सहित विश्वका विभिन्न देशमा गरी सयौंको संख्यामा चेलाहरु रहेका छन् ।
पर्वतमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका गुप्तेश्वर गुफा, मोदिवेणी घाट, पंचासे, डहरेको लेक, शालग्राम महाशीला, कालाञ्जर पर्वत लगायत थुप्रै स्थलहरु छन् । ती धार्मिक स्थलहरुको दर्शन गर्न आउने भक्तजनहरुलाई डिजिटल प्रणाली मार्फत् केन्द्रमा रहेको सूचना घरबाट आवश्यक सूचना र जानकारी गराई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको केन्द्रकी अध्यक्ष मानकुमारी गिरीले बताउनुभयो । अध्यक्ष गिरी भन्नुहुन्छ–ूमुक्तिनाथको यात्रा गर्ने नेपाल तथा भारतीय साधुसन्त, तीर्थालु र भक्तजनलाई भोजन र आवासको सेवा दिदै पर्वतको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने पवित्र उद्देश्यले संचालन गरिने भण्डारा सेवा केन्द्रलाई स्थानीय सरकार तथा सरोकारवाला सवै पक्षको सहयोगको खाँचो छ ।ू
गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले भण्डारा सेवा केन्द्र स्थापनाले पर्वतको सिंगो धार्मिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा छिटो सम्पन्न हुनु पर्ने बताउँदै भन्नुभयो–ूगुप्तेश्वर गुफा क्षेत्रमा भण्डारा सेवा केन्द्र बन्नु धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक छ । केन्द्रका लागि सवै पक्षको सहयोग हुुन पर्छ । केही माथि १२ ज्योतिर्लिङग सहित ५६ फिट अग्लो शिवपार्वतीको मूर्तिको निर्माण गरिदै छ । गुप्तेश्वर गुफाको एकीकृत विकासमा सेवा केन्द्रको सहयोग रहने विश्वास लिएको छौं ।ू









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया