
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको बामपन्थी आन्दोलनको इतिहासमा अग्ला वृक्ष मानिएका एक राजनीतिक व्यक्तित्व भौतिक रुपमा सदाका लागि विलिन हुन पुगेका छन् । भौतिक शरीरबाट विलिन भए पनि जिल्लाको बामपन्थी आन्दोलनमा पुराएको योगदान भने सदा अविस्मरण्ीय रहिरहने राजनीतिक व्यक्तित्वको नाम हो गणेश शर्मा पौडेल ।
जिल्लाको कुश्मा नगरपालिका– १० स्थित पिपलटारी स्थायी घर रहेका पौडेलले राजनीतिक र शैक्षिक क्षेत्रमा लामो समय योगदान पुराएका थिए । उमेरले ८ दशक पार गरिसक्दा र केही समयदेखि जटिल विमारबाट गुज्रिरहेको अवस्थामा समेत राजनीतिक व्यक्तित्व पौडेलले सक्रिय र जुझारुपनका साथ राजनीतिमा सक्रिय रहनु भएको थियो । उहाँले आइतवार भौतिक शरीर छोड्नु भयो । भौतिक शरीर छोड्नु केही दिन अगाडिसम्म पनि आफ्ना शुभचिन्तक र पार्टी कार्यकर्तासँग राजनीतिक र सामाजिक समसायिक सवालमा गम्भीरताका साथ भलाकुमारी गर्दै हुनुहुन्थ्यो ।
बामपन्थी आन्दोलनमा लागेर लाभको पद पाउने भन्दा धेरै गुमाउने राजनीतिक व्यक्तित्वमा पौडेल पर्दछन् । संविधानसभा २०६४ को निर्वाचनमा संविधानसभा सदस्यमा उम्मेदवारी दिएका पौडेलले २०७९ को स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट चुनाव लडेका थिए । सफलता भने हात लागेन ।
नेकपा एमाले पार्टीलाई दुःख र कठिन मोडमा बलियो गरी काँध थापिदिने राजनीतिक व्यक्तित्वमा गनिन्छन् पुराना बामपन्थी नेतामध्येमा पर्ने पौडेल । संविधानसभाको निर्माचन २०६४ तिर देशमा सिंगो चुनावी राजनीतिक माहौल तत्कालीन नेकपा माओवादी पार्टीको थियो । त्यतिखेर अग्रज राजनीतिक व्यक्तित्व पौडेललाई एमाले पार्टीले चुनावमा उम्मेदवार प्रस्ताव गरी लडायो । पार्टीको चाहना र आवश्यकतालाई स्वीकार गरी चुनाव लडे तर नतिजा नेता पौडेलको पक्षमा आएन ।
स्थानीय निर्वाचन २०७९ मा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेको बेला जित गठबन्धनको सुनिश्चित थियो । चुनावी माहौल नेकपा एमालेको पक्षमा छैन र हार निश्चित जस्तै छ भन्ने आंकलन पछि मेयरका आकांक्षी स्वतः छेउ लाग्न पुगे । मेयर उम्मेदवारमा आकांक्षी देखिएका एमाले जिल्ला पार्टी पंक्तिका केही व्यक्तिहरु छेउ लागेपछि अग्रज नेता पौडेल नै अगाडि सर्न बाध्य पारिएका थिए ।
नाफाघाटा हेरेर मेयर पदमा उम्मेदवारी दिनमा रुचि कसैले देखाएका थिएनन् । सिंगो पार्टी संगठनको हित र आवश्यकता हेरी इमान्दारिताको राजनीति गर्ने अग्रज नेता पौडेल चुनावमा होमिनु परेको थियो । पार्टी संगठन निर्माण गर्ने भनी ज्यान फालेर लाग्ने इमानदार राजनीतिक व्यक्तित्व पौडेललाई एमाले पार्टीले कहिले पनि सम्मानजनक स्थान र अवसर दिन नसकेको भनी अगुवा कार्यकर्ता विचबाटै गुनासोहरु आउने गरेका थिए ।
जिल्लाको शैक्षिक क्षेत्रमा समेत अतुलनीय योगदान गरेका पौडेल जस्ता विद्धान र वैचारिक व्यक्तित्वलाई नेकपा एमाले पार्टीले साँच्चिकै कदर गर्दथ्यो भने समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, विभिन्न आयोगहरुमा राजनीतिक नियुक्ति दिलाउन सक्दथ्यो । त्यागी र सरल राजनीतिक व्यक्तित्व पौडेलले राजनीति सिकाएका धेरै कनिष्ठ राजनीतिक व्यक्तिहरुले थुप्रै लाभको पद लिइरहेका छन् । अग्रज राजनीतिक व्यक्तित्व पौडेलको अनुभव, त्याग, वैचारिक क्षमतालाई पार्टीले भरपुर सदुपयोग गर्न नसक्नु दुःखद कुरा बन्यो ।
लामो राजनीतिक इतिहास रचेका पौडेल कुनै पार्टी विशेषको भन्दा पनि समग्र बामपन्थी आन्दोलनका प्रेरणादायी व्यक्तित्व हुन् । आगामि पुस्ताले पौडेलले जिल्लाको बामपन्थी आन्दोलनमा पुराउनु भएको योगदानबाट पाठ सिक्दै समाजवादमा लाग्न आवश्यक छ । जनमानसमा लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा सोमबार दिउँसो मोदीवेणी घाटमा भएको उहाँको अन्तिम दाहसंस्कारमा सहभागी भएका असंख्य सर्वसाधारणको भीडबाट पनि सहजै अनुमान गर्न सकिन्छ ।
राजनीतिक व्यक्तित्व पौडेल बामपन्थी कार्यकर्ताको मात्र नभई सवै विचारका मानिसहरुको असल अभिभावक र सल्लाहकार हुनुहुन्थ्यो । राजनीतिक हिसावले हेर्दा पछिल्लो समयमा भने उहाँको कोही भएनन् जस्तो थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया