
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीले धार्मिक पर्यटन प्रवद्र्धन गरिदा मुलुकको आर्थिक समृद्धिको आधार तयार हुने उल्लेख गर्नुभएको छ । पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश धार्मिक पर्यटनको संम्भावना रहेकोमा जोड दिदै पर्वत जिल्लाको पवित्र धार्मिस्थल मानिने मोदीवेणी धाममा आयोजित एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने सपना पुरा गर्न समेत धार्मिक पर्यटन प्रवद्र्धनको आवश्यकता रहेको पर्यटन मन्त्री बस्यालको भनाई थियो । पर्यटन मन्त्री बस्यालले कालीगण्डकी तटीय क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन हुन सकेमा वर्षेनी लाखौको संख्यामा धार्मिक पर्यटकहरु भित्राउन सकिने र यसले आर्थिक समृद्धि दिलाउने बताउनु भएको हो ।
कालीगण्डकी नदी तटीय धार्मिक स्थलको प्रवद्र्धन गर्नका लागि आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री बस्यालले कालीगण्डकी तटमा अवस्थित पवित्र धार्मिक स्थलहरुको उचित प्रसारप्रसारको आवश्यकता रहेको उल्लेख गर्नु भएको थियो ।
त्रिवेणीधामदेखि मुक्तिनाथसम्म फैलिएको क्षेत्र हिन्दू धर्मावलम्वीहरुका लागि अत्यन्त पवित्र मानिन्छ । यो परिपथमा पर्ने त्रिवेणीधाम, देवघाट, रिडी, उत्तरबाहिनी, सेतीवेणी, मोदिवेणी, गलेश्वरधाम र मुक्तिनाथ जस्ता स्थलहरुले ठुलो धार्मिक महत्व बोकेका छन् । कालीगण्डकी तटीय क्षेत्रमा रहेका धार्मिक स्थलहरुको प्रवद्र्धनका लागि सोही स्थानमा पुगेर पर्वत उद्योगवाणिज्य संघले कार्यक्रमको आयोजना गर्ने भएको हो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग रहेको छ ।
पर्वत उद्योग वाणिज्यसंघका अध्यक्ष ठाकुर वि.पोख्रेलले पर्यटन प्रवद्र्धनको कार्यक्रम मार्फत् त्रिवेणीधामदेखि मुक्तिनाथसम्मको धार्मिक परिपथको महत्व पहिचान गर्नु, धार्मिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक पूर्वाधारको अध्ययन गर्नु, सम्भाव्य आर्थिक, सांस्कृतिक र सामाजिक प्रभावको विश्लेषण गर्नु साथै एकीकृत तीर्थमार्ग विकासको योजना प्रस्तुत गर्नु रहेको बताउनुभयो ।
पर्यटन प्रवद्र्धन कार्यक्रममा सहआयोजकको रुपमा नेपाल पत्रकार महासंघ पर्वत र फोटोपत्रकार संघ पर्वत समेत रहेका छन् । कालीगण्डकी तटीय महत्वपूर्ण सात धार्मिक स्थलहरुमा हुने धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना शुक्रवार मोदिवेणी धामबाट शुरु गरिएको आयोजकको भनाई छ । कार्यक्रममा स्वामी नारायण आचार्य र वेदवेदांग संस्कृत पाठशाला कुश्माका प्राचार्य रामु पौडेलले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वबारे प्रवचन दिनुभएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया