
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लाको समग्र विकासको गतिविधीलाई सन्तुलित ढंगले अगाडि बढाउन समन्वय समिति पर्वतको भूमिका सक्रिय बनाउन पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहबीच समन्वय गर्ने एउटा संवैधानिक निकायको सकृयता नहुँदा समानुपातिक विकास हुन नसक्ने धारणा वक्ताहरुको थियो ।
जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा विहिवार सदरमुकाम कुश्मामा भएको स्थानीय तहका पदाधिकारी र पत्रकार बीचको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी वक्ताहरुले समन्वय समितिले शसक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि.पौडेलले स्थानीय सरकारले उद्यमशीलताको विकास गरी युवाहरुलाई व्यावसायिक उत्पादनमा जोड्ने पहल नगरेको भन्दै उत्पादनमा नजोडिएसम्म देशको विकास हुन नसक्ने धारणा राख्नुभयो । अध्यक्ष पौडेलले अझै पनि केही जनप्रतिनिधि र कर्मचारीहरुमा शासकीय दम्भ देखाउने प्रवृत्ति रहनु गलत भएको उल्लेख गर्नुभयो ।
पत्रकार सन्तोष थापाले पर्वत जिल्ला भौगोलिक हिसावले जोखिमपूर्ण भएर पनि स्थानीय तहले वर्षा लागिसक्दा समेत मनसून पूर्व तयारी प्रतिकार योजना समिति बनाउन नसकेको बताउनुभयो । पत्रकार गणेश पौडेलले पर्वतको समग्र विकासको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै विकास निर्माणका योजना र कार्यक्रमका बारे पत्रकारहरुलाई जानकारी गराउँदा अझ बढी पारदर्शीता हुने उल्लेख गर्दै केही प्रशासकीय अधिकृतहरुले सूचना लुकाउन खोजेको गुनासो गर्नुभयो । पत्रकार पौडेलले मोदीगाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम पुरी मार्फत् पालिकाका विकास गतिविधिबारे बुझ्न खोज्दा आफूले पाउन नसकेको बताउनुभयो । कार्यालय समयमा सम्पर्क गर्दा पनि प्रशासकीय अधिकृत जस्तो जिम्मेवार व्यक्तिबाट सूचना पाउन नसक्नु दुःखद भएको पत्रकार पौडेलको भनाई थियो ।
जिल्ला समन्वय अधिकारी किरण पौडेलले समन्वय समितिबाट भएका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । अधिकारी पौडेलले प्रस्तुत गरेको तह संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनको विवरण अनुसार पर्वत जिल्लाका पालिकाहरुको अवस्था बेस्सरी सुखद देखिदैन । सुधार गरी लैजानुपर्ने देखिन्छ ।
कार्यक्रममा पत्रकारहरुले पर्यटकीय गन्तव्यको रुपमा पर्वत परिचित जिल्ला हुँदा समेत पर्यटन प्रवद्र्धनको नाममा स्थानीय सरकारले बजेट विनियोजन गर्न नसक्नु, जिल्लामा फोहोर व्यवस्थापनमा स्थानीय सरकारको चासो नहुनु, जिल्ला भित्र निर्माण गरिएका कच्ची तथा पक्की सडकहरुको संरक्षणमा कसैको ध्यान पुग्न नसक्नु, पवित्र कालीगण्डकीमा भएको अवैद्य दोहोर र सोझै फोहोर फाल्ने कार्य रोक्न नसक्नु, सामुदायिक तथा राष्ट्रिय वनमा उत्पादित अमूल्य जडीवुटीको चोरीनिकासी रोक्न नसक्नु लगायतका विषयहरु उठान गरेका थिए । पत्रकारहरुले उठाएका विषयका सवालमा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकले महत्वपूण रहेको बताउँदै यसलाई आगामि दिनमा ध्यान दिने बताउनुभयो । समितिमा प्रर्याप्त बजेट अभावका कारण जिल्लामा समन्वयको भूमिका प्रभावकारी हुन नसकेको प्रमुख वि.कको भनाई छ ।
जिल्ला समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्नु, जिल्लाभित्र संचालन हुने विकास योजना तथा परियोजनाको अनुगमन र मूल्यांकन गर्नु, स्थानीय तहहरुबीच उत्पन्न हुने विवाद समाधान गर्न पहल गर्नु, जिल्लासँग सम्वन्धित तथ्यांक, अभिलेख र नक्साहरु संकलन, संरक्षण तथा अद्यावधिक गर्नु, विकास निर्माणका कामहरुमा दोहोरोपन नरहोस् भनेर समन्वय गर्नुपर्ने हुन्छ ।
जिल्लाका स्थानीय तहका योजना, कार्यक्रम र बजेट बाँडफाँडलाई हेर्दा स्थानीय आवश्यकता र माग भन्दा पनि राजनीतिक पहुँच र शक्तिकै भरमा हुने गरेको पाइन्छ ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सोम बहादुर जिसीको सहभागीता थियो । पर्वतका विहादी गाउँपालिकाका जनप्रतिनिधि बाहेकका अन्य कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, फलेवास नगरपालिकाका मेयर गंगा तिवारी, मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष विमल लामिछाने, महाशीला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक शर्मा, पैयँु गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना गरी ६ वटै स्थानीय तहरुका प्रमुख तथा उपप्रमुख, प्रजिअ हरिप्रसाद घिमिरे साथै जिल्लामा सक्रिय पत्रकारहरुको सहभागीता थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया