
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा रहेको हो ।
बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिममा रहेका धेरै पहाडी जिल्लामध्ये पर्वत पनि एक हो । भूक्षयबाट जनधनको क्षति हुन नदिेन समयमै कम खर्चिलो भूसंरक्षण प्रविधिहरु अपनाउन सकिने र जथाभावी सडक खन्न नहुने सुझाव भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शम्भुकुमार मिश्रको छ । भूक्षय रोकथामका लागि प्रविधि हस्तान्तरण, जोखिम क्षेत्रको नक्सांकन र भलपानी व्यवस्थापनमा जोड दिनुपर्ने हुन्छ । भूसंरक्षण र पर्यावरण जोगाउनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग गर्न हमेशा तयार रहेको कार्यालय प्रमुख मिश्रको भनाई छ ।
प्रमुख मिश्रका अनुसार कम खर्चिलो भूसंरक्षण प्रविधिहरुमा ब्रसउड चेकड्याम, ब्रस लेयरिङ, फेसिन, क्षतिग्रस्तभूमि पुनरुत्थान, संरक्षण वृक्षारोपण, घाँस रोपण, बाटलिङ, घाँसेपानी बाटो, संरक्षण पोखरी, घुम्ती बाली, संरक्षण खनजोत लगायत दर्जनौ अपनाउन सकिन्छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले विकास र वातावरण बीच समन्वय गर्न स्थानीयसँग समन्वय गोष्ठीको आयोजना गरेको थियो ।
कार्यक्रममा स्थानीय तहका पदाधिकारीहरुको सहभागीता थियो । स्थानीय तहका पदाधिकारीहरुलाई विकास निर्माण गर्दा वातावरणीय पक्षमा ध्यान दिन आग्रह गरिएको थियो । महाशीला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुषालले आफ्नो पालिकामा कच्ची सडक नखन्ने र भएको सडकलाई नै बलियो बनाउन तिर लाग्ने बताउनुभयो । अध्यक्ष भुषालले पालिकामा निर्माण भएका सडकलाई बलियो बनाउन सडक छेउ र कुनामा फूल र घाँस रोप्ने बताउनु भएको छ । भूक्षय रोक्न र पानीका मुहान सुक्न नदिनका लागि एक वडा बराबर एक पोखरीको निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पालिकामा विकासका लागि बनाएका संरचनाले प्राकृतिक विपत्ति ल्याएको कुरामा सत्यता रहेको बताउनुभयो । राम्जाको ठुलो पोखरीमा हिउँदमा पानी सुख्खा हुने समस्या देखा परेको अध्यक्ष शर्माको भनाई छ । भूक्षय रोक्न र चिस्यान राख्नका लागि जंगलमा पोखरी निर्माण गर्ने पालिकाको योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा जलवायु परिवर्तनको कारण र जथाभावी डोजरले बाटो खन्दा गाउँघरमा रहेका धारा, पोखरी, कुवा, पँधेरामा आउने पानीका मुहान सुक्न थालेको डरलाग्दो अवस्थाबारे सहभागी वक्ताहरुले चिन्ता प्रकट गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, विषयगत कार्यालयका प्रमुखहरु, जिल्लामा सकृय पत्रकारहरु समेतको सहभागीता थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया