
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा रहेको हो ।
बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिममा रहेका धेरै पहाडी जिल्लामध्ये पर्वत पनि एक हो । भूक्षयबाट जनधनको क्षति हुन नदिेन समयमै कम खर्चिलो भूसंरक्षण प्रविधिहरु अपनाउन सकिने र जथाभावी सडक खन्न नहुने सुझाव भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शम्भुकुमार मिश्रको छ । भूक्षय रोकथामका लागि प्रविधि हस्तान्तरण, जोखिम क्षेत्रको नक्सांकन र भलपानी व्यवस्थापनमा जोड दिनुपर्ने हुन्छ । भूसंरक्षण र पर्यावरण जोगाउनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग गर्न हमेशा तयार रहेको कार्यालय प्रमुख मिश्रको भनाई छ ।
प्रमुख मिश्रका अनुसार कम खर्चिलो भूसंरक्षण प्रविधिहरुमा ब्रसउड चेकड्याम, ब्रस लेयरिङ, फेसिन, क्षतिग्रस्तभूमि पुनरुत्थान, संरक्षण वृक्षारोपण, घाँस रोपण, बाटलिङ, घाँसेपानी बाटो, संरक्षण पोखरी, घुम्ती बाली, संरक्षण खनजोत लगायत दर्जनौ अपनाउन सकिन्छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले विकास र वातावरण बीच समन्वय गर्न स्थानीयसँग समन्वय गोष्ठीको आयोजना गरेको थियो ।
कार्यक्रममा स्थानीय तहका पदाधिकारीहरुको सहभागीता थियो । स्थानीय तहका पदाधिकारीहरुलाई विकास निर्माण गर्दा वातावरणीय पक्षमा ध्यान दिन आग्रह गरिएको थियो । महाशीला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुषालले आफ्नो पालिकामा कच्ची सडक नखन्ने र भएको सडकलाई नै बलियो बनाउन तिर लाग्ने बताउनुभयो । अध्यक्ष भुषालले पालिकामा निर्माण भएका सडकलाई बलियो बनाउन सडक छेउ र कुनामा फूल र घाँस रोप्ने बताउनु भएको छ । भूक्षय रोक्न र पानीका मुहान सुक्न नदिनका लागि एक वडा बराबर एक पोखरीको निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पालिकामा विकासका लागि बनाएका संरचनाले प्राकृतिक विपत्ति ल्याएको कुरामा सत्यता रहेको बताउनुभयो । राम्जाको ठुलो पोखरीमा हिउँदमा पानी सुख्खा हुने समस्या देखा परेको अध्यक्ष शर्माको भनाई छ । भूक्षय रोक्न र चिस्यान राख्नका लागि जंगलमा पोखरी निर्माण गर्ने पालिकाको योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा जलवायु परिवर्तनको कारण र जथाभावी डोजरले बाटो खन्दा गाउँघरमा रहेका धारा, पोखरी, कुवा, पँधेरामा आउने पानीका मुहान सुक्न थालेको डरलाग्दो अवस्थाबारे सहभागी वक्ताहरुले चिन्ता प्रकट गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, विषयगत कार्यालयका प्रमुखहरु, जिल्लामा सकृय पत्रकारहरु समेतको सहभागीता थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया