
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

विदेशबाट फर्र्किएर आफ्नै माटोमा श्रम र पसीना खर्चिएका जिल्लाको बनौं गाउँका एक युवा कृषकलाई अकबरे खुर्सानीले बजार पाउन नसकेपछि चिन्ता परेको छ । जीवनका उर्जाशील समय खाडीमा कष्टसाध्य जीवन विताएका पर्वतको जलजला गाउँपालिका–०९ का निर्मल पुन मगर गाउँमै केही गर्नुपर्छ भनी फर्किका युवा हुन् ।
रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करीब दश वर्ष बिताएका ४४ वर्षीय पुनले सुन्तलाको बगैचाभित्र अन्तरेबालीको रुपमा अकवरे जातको खुर्सानी खेती गर्नुभएको हो । कृषक पुनले छ सय बोट सुन्तलाको बगैचा भित्र अन्तरे बालीको रुपमा लगाएको अकवरे खुर्सानी लटरम्म फलेको छ तर बजारमा विक्री भने धेरै भएको छैन ।
हुर्कदै गरेको सुन्तला बगैचाको खाली जमिन सदुपयोग गर्न लगाएको अकवरे खुर्सानी विक्री नभई कुहिएर झर्छ कि भन्ने पिरलोले कृषक पुनलाई सताएको छ । तत्काल बजार नपाउने पिरलो हटाउन कृषक पुनले खुर्सानीबाट स्थानीय स्वादमा व्यावसायिक अचार उत्पादन गर्ने सोचमा हुनुहुन्छ ।
गत वर्ष परिक्षणका लागि लगाएको ९० बोट खुर्सानीबाट रु. ३० हजार आम्दानी भएको थियो । यस वर्ष भने कृषक पुनले १२ हजार बढी खुर्र्सानीका वेर्ना लगाउनु भएको छ । समुन्द्रि सतहदेखि करिब एक हजार सात सय मिटर उचाइको बनौमा खुर्सानी खेतीको परिक्षण सफल भएपछि आफै विउ उत्पादन गरेर व्यवसाय शुरु गरेको पुनको भनाई छ ।
खुर्सानी फलेको देख्दा खुशी भएका पुनले बजार नपाउँदाको दुखेसो पोख्दै भन्नुभयो–ूखुर्सानी फलेको देख्दा खुशी भएर के गर्नु ? बजार छैन । कुहिएर जान्छ कि भन्ने डर छ । खुर्सानीबाट स्थानीय स्वादको अचार बनाउने सोचमा छु ।ू
विदेशमा सोचेजस्तो आम्दानी नभएपछि जन्मथलो फर्किएका कृषक पुनले निकिता एकिकृत कृषि तथा पशुपंक्षी फर्म खोलेर सुन्तला, खुर्सानीका साथै व्यवसायिक तरकारीखेती र कुखुरापालन गर्नुभएको छ ।
गाउँमा पहिलोपटक अकवरे खुर्सानीको व्यावसायिक उत्पादनमा लागेका कृषक पुनले खुर्सानीको बोट भन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन पलास्टिकले छोपेर मल्चिङ गर्नुभएको छ । मल्चिङ बिधीबाट खेती गर्दा झार नपलाउने र बिरुवा छिटो हुर्कने, छिटो र गुणस्तरीय फल लाग्ने गर्छ ।
कृषक पुनको फर्ममा उत्पादन भएको अकवरे कुश्मा, बेनी र बागलुङमा प्रतिकिलो रु. तीन सयका दरले केही मात्रामा बिक्री हुन थालेको छ । हालसम्म दुई सय किलोग्राम खुर्सानी बिक्री भइसकेको छ ।
खुर्सानी खेतीमा श्रीमती माया पुनको साथ र सहयोग पाउनु भएका पुनले विदेशमा धेरै दुःख पाएर पनि भनेजस्तो आम्दानी पाउन नसकेपछि स्वदेशमै परिवारका साथ बसेर काम गर्न गाउँ फर्किको बताउनुहुन्छ ।
जलजला–९ का वडा अध्यक्ष गौ बहादुर पुनले कृषक पुनलाई रहेको खुर्सानी विक्री गर्न बजारको समस्यालाई वडाले सहजिकरण गर्ने बताउनुहुन्छ । जलजला गाउँपालिकाले मिनिटेलर हलो, मल्चिङका साथै खुर्सानीमा लागेको रोग नियन्त्रणमा सहयोग गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
यातायातको सुविधा रहेको बनौं गाउँ आलु, सुन्तला, किवी साथै सत्तुवा खेतीका लागि ख्याती चलेको स्थान हो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया