
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाका ग्रामीण जनतालाई स्वास्थ्य सेवा दिन स्थापना गरिने भनिएका आधारभूत अस्पतालहरु पाँच वर्ष पुरा हुन लाग्दा समेत एउटै पनि संचालनमा आएका छैनन् । जिल्लाको सात पालिकामध्ये केही स्थानीय पालिकामा अस्पताल भवनको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् भने केहीमा निर्माण सम्झौता नै हुन सकेको छैन ।
सरकारले दुई वर्ष भित्र आधारभूत अस्पताल संचालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने भनिए पनि पर्वतमा भने पाँच वर्ष वितिसक्दा समेत एउटै अस्पताल संचालन हुन सकेको छैन ।
कोभिड १९ को महामारीपछि स्वास्थ्य सेवालाई गाउँसम्म पुराउने भनी तत्कालीन केपी ओलीको सरकारले ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको घोषणा गरी एकैपटक शिलान्यास गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६⁄०७७ घोषणा गरेअनुुसार अस्पताल निर्माणको कार्यक्रम पर्वतका सातवटै पालिकाहरुमा छ ।
जिल्लाको मोदी गाउँपालिका वडा ५ स्थित बाजुङ पोखरेमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरेको ५ वर्ष वितिसक्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पुरा हुन नसकेको भनी वडा अध्यक्ष मन बहादुर अधिकारीको दुखेसो छ । जनताको स्वास्थ्य सेवाको माग अनुसार गाउँपालिका आफैले गतवर्ष भवन भाडा लिई आधारभूत अस्पताल संचालन गर्ने बताईएको थियो ।
मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार कार्यापालिकाको वैठकबाट निर्णय गरी आधारभूत अस्पताल संचालनका लागि गत आर्थिक वर्ष ८० लाख रुपैया विनियोजन गरिएको भए पनि केही काम हुन सकेन । विनियोजित रकम अन्य शीर्षकमा रकमान्तर गरिएको सूचना अधिकारी पोखे्रलको भनाई छ ।
कुश्मा नगरपालिका वडा १२ को ठुलीपोखरीमा करीव ५ करोडको लागतमा १० शैयाको आधारभूत अस्पताल भवन गतवर्ष निर्माण सम्पन्न भए पनि साधन र स्रोतको अभावमा स्वास्थ्यसेवा दिन नसकेको वडा अध्यक्ष झलक प्रसाद रिमालको गुनासो छ ।
जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा ३ मल्लाजमा करीव १० करोडको लागतमा निर्माणाधिन १० शैयाको आधारभूत अस्पतालको पक्की भवन निर्माण सम्पन्न भए पनि स्वास्थ्य सेवा संचालन हुन सकेको छैन ।
फलेवास नगरपालिका वडा ६ देविस्थानमा १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि भनी ५ रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड ७० लाख रुपैया प्राप्त भई भवन निर्माणको काम थालेको भए कामले गति लिन सकेको छैन । पालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यका अनुसार निर्माण सम्झौता गरी काम गर्न लाग्दा प्राविधिकले भवन निर्माणका लागि जग्गा उपयुक्त छैन भनेपछि भवन निर्माणको कामले गति लिन नसकेको हो ।
महाशीला गाउँपालिका वडा ५ को लुंखुदेउरालीमा १५ शैया बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नर बहादुर बरालका अनुसार भवन निर्माणको काम करीव २० प्रतिशत भएको छ ।
जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिकाको वडा ४ हुवासमा १० करोडको लागतमा निर्माणाधिन १० शैयाको आधारभूत अस्पतालको भवन पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सूचना अधिकारी अनिलकमल न्यौपानेका अनुसार अनुसार २०७८ बाट सम्झौता भई निर्माण थालिएको भवनको करीव ७० प्रतिशत काम मात्रै पुरा भएको छ । विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माणको कुनै काम हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेश्मीको भनाई छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया