जिल्लाको सदरमुकाम कुश्मा बजारमा पर्वत जेसीजले खुल्ला राष्ट्रियस्तरको सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा भन्दा पहिले जेसीजले विजयी खेलाडी टिमलाई उपहार दिने शिल्डको अनावरण कार्यक्रमको आयोजना गरेको थियो ।
शिल्ड अनावरण कार्यक्रमका प्रमुख अतिथि पर्वत जेसीजका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ ूभरतू हुनुहुन्थ्यो । शिल्ड अनावरण पश्चात मञ्चमा आफ्नो अध्यक्ष श्रेष्ठले बोल्दै गर्दा सभा हल पुरै पिन ड्रप साइलेन्ट बन्यो । माहौल पुरापुर शान्त र सौम्य बनेको थियो । उद्योग वाणिज्य संघ पर्वतको पूर्व अध्यक्ष रहिसकेका श्रेष्ठ जिल्लामा सफल व्यवसायीको रुपमा समेत आफूलाई उभ्याई सकेको व्यक्तित्व हुनुहुन्छ ।
पूर्व अध्यक्ष श्रेष्ठले शालीन र सौम्य भावका साथ भौतिक रुपमा आफू टाढा रहेपछि मन भने आफ्नै जन्मथलोमा रहेको बताउँदै भन्नुभयो–ूम कारणवश मुलुकदेखि धेरै टाढा अमेरिका बस्छु । मेरो मनभने यतै आफ्नै गाउँघरतिर हुन्छ । म जहाँ छु जे छु यो सवै यहीको माटोका कारण सम्भव भएको हो । जेसीजको अध्यक्ष हुँदा म ३२ वर्ष उमेरको थिए । अहिले ६० वर्ष पुगेको छु । जेसीजले मलाई धेरै कुरा सिकाएको छ । जेसीज संस्थामा लागेको हुँदा मैले विश्वका ३५ बढी मुलुक घुम्ने र धेरै कुरा सिक्ने अवसर पाएको छु ।ू
पूर्व अध्यक्ष श्रेष्ठले युवाहरुलाई सकारात्मक सोच राख्न आग्रह गर्दै सकारात्मक सोचले मानिसलाई भौतिक तथा मानसिक शान्ति र सुख दिन सक्ने बताउनुभयो । कार्यक्रममा सहभागी युवा खेलाडी तर्फ इंगित गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो–ूसकारात्मक सोच राख्ने प्रवृत्तिको देशमा खडेरी लागेको छ । सकारात्मक सोच विना मुलुकको सम्वृद्धि हुन सक्दैन । युवाहरु जेसीजमा संगठित भई सकारात्मक भावले समर्पित भई लाग्नु भो भने पछि फर्केर हेर्नु पर्ने छैन । उज्जवल भविष्य निर्माण हुनेछ । मलाई शुरुमा मानिसहरुको अगाडि उभिएर बोल्न कठिन लाग्थ्यो । जेसीजले मेरो व्यक्तित्वमा निखार ल्याउन सहयोग गरेको थियो ।ू
दैनिक जसो हजारौ युवा विदेश जाने र गाउँघरमा मलामी बोक्नकै लागि समेत कोही मानिस नहुने अवस्था आउनु चिन्ताको विषय बनेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले मुलुकमै केही गर्ने परिपाटी बसाल्न आग्रह गर्नुभयो ।
आज भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ घोषणा गरिएको छ भने दोस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिने, सवैभन्दा बढी गोल गर्ने खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डरलाई कुश्मामा रहेको साहसिक खेल जीपलाइनमा साहसिक खेलको अवसर दिइने आयोजक संस्था जेसीजले जनाएको छ ।
फूटबल प्रतियोगिताको पुरस्कार राशीका लागि जेसीजका सदस्य, स्थानीय व्यवसायी साथै स्वदेश तथा विदेशमा रहनु भएका खेलकुदप्रेमी शुभेच्छुक व्यक्तित्वहरुले सहयोग गरेका छन् । फूटबल प्रतियोगिताको आयोजना कुश्मानगरपालिकास्थित वडा ५ मा रहेको बडागाउँचौरमा हुनेछ । आयोजकका अनुसार खेलकुद प्रतियोगिताका लागि ५ लाख खर्च हुनेछ भने प्रतियोगिता अवधिभर कम्तिमा पनि २५ लाख बराबरको आर्थिक गतिविधि हुने आंकलन छ ।
प्रतिक्रिया