
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लाको सदरमुकाम कुश्मा बजारमा पर्वत जेसीजले खुल्ला राष्ट्रियस्तरको सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा भन्दा पहिले जेसीजले विजयी खेलाडी टिमलाई उपहार दिने शिल्डको अनावरण कार्यक्रमको आयोजना गरेको थियो ।
शिल्ड अनावरण कार्यक्रमका प्रमुख अतिथि पर्वत जेसीजका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । शिल्ड अनावरण पश्चात मञ्चमा आफ्नो अध्यक्ष श्रेष्ठले बोल्दै गर्दा सभा हल पुरै पिन ड्रप साइलेन्ट बन्यो । माहौल पुरापुर शान्त र सौम्य बनेको थियो । उद्योग वाणिज्य संघ पर्वतको पूर्व अध्यक्ष रहिसकेका श्रेष्ठ जिल्लामा सफल व्यवसायीको रुपमा समेत आफूलाई उभ्याई सकेको व्यक्तित्व हुनुहुन्छ ।
पूर्व अध्यक्ष श्रेष्ठले शालीन र सौम्य भावका साथ भौतिक रुपमा आफू टाढा रहेपछि मन भने आफ्नै जन्मथलोमा रहेको बताउँदै भन्नुभयो–ूम कारणवश मुलुकदेखि धेरै टाढा अमेरिका बस्छु । मेरो मनभने यतै आफ्नै गाउँघरतिर हुन्छ । म जहाँ छु जे छु यो सवै यहीको माटोका कारण सम्भव भएको हो । जेसीजको अध्यक्ष हुँदा म ३२ वर्ष उमेरको थिए । अहिले ६० वर्ष पुगेको छु । जेसीजले मलाई धेरै कुरा सिकाएको छ । जेसीज संस्थामा लागेको हुँदा मैले विश्वका ३५ बढी मुलुक घुम्ने र धेरै कुरा सिक्ने अवसर पाएको छु ।ू
पूर्व अध्यक्ष श्रेष्ठले युवाहरुलाई सकारात्मक सोच राख्न आग्रह गर्दै सकारात्मक सोचले मानिसलाई भौतिक तथा मानसिक शान्ति र सुख दिन सक्ने बताउनुभयो । कार्यक्रममा सहभागी युवा खेलाडी तर्फ इंगित गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो–ूसकारात्मक सोच राख्ने प्रवृत्तिको देशमा खडेरी लागेको छ । सकारात्मक सोच विना मुलुकको सम्वृद्धि हुन सक्दैन । युवाहरु जेसीजमा संगठित भई सकारात्मक भावले समर्पित भई लाग्नु भो भने पछि फर्केर हेर्नु पर्ने छैन । उज्जवल भविष्य निर्माण हुनेछ । मलाई शुरुमा मानिसहरुको अगाडि उभिएर बोल्न कठिन लाग्थ्यो । जेसीजले मेरो व्यक्तित्वमा निखार ल्याउन सहयोग गरेको थियो ।ू
दैनिक जसो हजारौ युवा विदेश जाने र गाउँघरमा मलामी बोक्नकै लागि समेत कोही मानिस नहुने अवस्था आउनु चिन्ताको विषय बनेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले मुलुकमै केही गर्ने परिपाटी बसाल्न आग्रह गर्नुभयो ।
आज भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ घोषणा गरिएको छ भने दोस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिने, सवैभन्दा बढी गोल गर्ने खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डरलाई कुश्मामा रहेको साहसिक खेल जीपलाइनमा साहसिक खेलको अवसर दिइने आयोजक संस्था जेसीजले जनाएको छ ।
फूटबल प्रतियोगिताको पुरस्कार राशीका लागि जेसीजका सदस्य, स्थानीय व्यवसायी साथै स्वदेश तथा विदेशमा रहनु भएका खेलकुदप्रेमी शुभेच्छुक व्यक्तित्वहरुले सहयोग गरेका छन् । फूटबल प्रतियोगिताको आयोजना कुश्मानगरपालिकास्थित वडा ५ मा रहेको बडागाउँचौरमा हुनेछ । आयोजकका अनुसार खेलकुद प्रतियोगिताका लागि ५ लाख खर्च हुनेछ भने प्रतियोगिता अवधिभर कम्तिमा पनि २५ लाख बराबरको आर्थिक गतिविधि हुने आंकलन छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया