
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुने भएको हो ।
पर्वतको सदरमुकाम कुश्मामा आयोजना हुने महोत्सव आगामी मंसीर ९ देखि १९ गते सम्म हुने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिदै वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले भन्नुभयोर्–ंशान्ति र सद्भावको सन्देश प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशु जन्य उद्यमहरुको प्रचारप्रसार साथै पर्वत जिल्लामा रहेका कला संस्कृति, खेलकुद, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्दै आन्तरिक तथा बाहय पर्यटक आवागमन गराई पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य राखिएको छ ।’
महोत्सवका आकर्षणहरुमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, स्थानीय लोकसंस्कृति तथा राष्ट्रिय साथै स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पादित स्वादिष्ट खानाका परिकारहरु, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, सुचनाप्रविधि सम्वन्धी जानकारी र प्रदर्शनी, बाल उद्यान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु लगायत थुप्रै कुराहरु रहेको संघका महासचिव खड्ग प्रसाद खनालले जानकारी दिनुभयो ।
कोभिड कालपछि कठिन मोडमा पुग्दै गरेको उद्योगव्यवसायको आर्थिक गतिलाई महोत्सवले चलायमान बनाउने विश्वास उद्योगीव्यवसायीहरुको रहेको छ । अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दै महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कमल बहादुर जिसीले १ करोड २९ लाख रकमको बजेट रहेको उल्लेख गर्नुभयो । महोत्सवका गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका पुर्व पदाधिकारीहरु गोपी अधिकारी, हरिओम शर्मा लामिछाने, होमनारायण श्रेष्ठ लगायतले महोत्सव बढीभन्दा बढी उद्योगव्यवसायको हित र प्रवद्र्धनमा केन्द्रित हुन सुझाव दिदै उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले मोफसलमा संघर्ष गर्दै गरेका उद्यमीव्यवसायीको हितको पक्षमा उनीहरुकै साथमा रहेर काम गर्न संघ इमानदारिताका साथ खटिनु पर्ने सुझाएका थिए । कार्यक्रममा उद्यमी पलायनको समस्या, एक पालिका एक उद्योगग्राम भन्ने नाराको असफलता, पर्यटन प्रवद्र्धनका नाममा भएका गलत योजना र कार्यक्रम, वनजन्य वस्तुहरुको प्रयोग हुन नसक्नु, फोहोरलाई नारामा मात्रै मोहोर बनाउने कुरा गर्नु लगायतका विषयमा समेत उद्यमीहरुको नेतृत्वदायी संस्था भएको हुँदा उद्योग वाणिज्य संघले चासो राख्नुपर्नेमा चर्चा थियो ।
महोत्सव सफल र भव्य बनाउनका लागि जिल्लाका सातवटै पालिकाहरुले सहजिकरण गरेको पाइन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया