
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतमा गतवर्ष पर्यटन पूर्वाधार निर्माण योजना सम्झौता बेलैमा हुन नसक्दा काम सम्पन्न गर्न उपभोक्ता समितिलाई हम्मेहम्मे परेको थियो । यस आर्थिक वर्ष भने योजना समयमै सम्पन्न गर्न जिल्लामै पहिलो पटक योजना स्थलमै गैइ निर्माण सम्झौता गरिएको छ ।
जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका दुर्गम स्थानहरु रहेका पर्यटन पूर्वाधार निर्माणका २० वटा योजनाहरु सम्झौता भएका हुन् । पर्यटन कार्यालय प्रमुख पोषनाथ शर्माको नेतृत्वमा प्राविधिसहितको टिम निर्माण योजना कार्यस्थलमै पुगेर सम्झौता गरेको छ । सम्वन्धित ठाउँमै पुगेर पर्यटन तथा उद्योग कार्यालय पर्वतले योजना सम्झौता गर्दा स्थानीयबासीदेखि जनप्रतिनिधिसम्म उत्साहित भएका छन् ।
पैयुँ गाउँपालिका वडा २ का अध्यक्ष नरभूपाल काफ्लेले वडाकै योजनाहरु सम्झौता भई नसकेको अवस्थामा पर्यटन कार्यालयले कार्यस्थलमै आएर योजना सम्झौता गर्ने अभ्यासले योजनालाई जनस्तरमै स्वामित्व दिलाउने, अनुगमन सहज बनाउने र पर्यटन संरचना निर्माण समयमै सम्पन्न गराउने विश्वास लिइएको बताउनुभयो ।
पर्यटन कार्यालयका प्रमुख शर्माका अनुसार विगतमा धेरै योजना कागजी रुपमा मात्र अघि बढ्थे । सम्झौता कार्यालयमा सीमित हुँदा स्थानीयको अपेक्षा, वास्तविक आवश्यकताहरु र स्थलगत चुनौतीहरु प्रारम्भमै बुझ्न सकिदैनथ्यो । कार्यालय प्रमुख शर्माले भन्नुभयो– यसपालि भने टोली गाउँकै चौतारी, खोलाकिनार, भू–प्वाइन्ट र पदमार्गको प्रवेशद्धारमा पुगेर स्थानीय समुदायको सामुन्नै योजना हस्ताक्षर गर्दा योजना कहाँ र कसरी अघि बढ्छ भन्ने स्पष्टता सुरुमा नै हुन्छ । यसले दुरुपयोग समेत धेरै हदसम्म रोकिन्छ ।’
पर्यटन कार्यालयका अनुसार गतवर्ष माघ महिनासम्म मात्रै एक वटा योजना सम्झौता गरेको थियो भने यस आर्थिक वर्षको मंसीर महिनासम्म कुल १११ वटामध्ये ४२ वटा योजना सम्झौता भई निर्माणको चरणमा पुगेका छन् ११ वटा योजना सम्पन्न भई रकम भुक्तानी गरिसकेको छ । कार्यालयको कर्मचारी टोली योजनास्थलमै पुगेपछि उपभोक्ता समितिलाई सदरमुकाम धाउन पर्ने बाध्यता हटेसँगै आतेजाते र खानेवस्ने खर्च कटौती साथै समयको वचत भएको छ ।
विहादी गाउँपालिकाका वडा ३ स्थित इमीचौर पिसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य बहादुर आलेले भन्नुभयो–कार्यालयका अधिकारीहरु हाम्रो गाउँमै आएर योजना पेश गर्दा हामीलाई पनि यो हाम्रै परियोजना हो जस्तो महसुस भयो । अहिले जिम्मेवारी समेत बढेको छ । सौन्दर्यकरण, पैदलमार्ग, पिसपार्क, स्थानीय सांस्कृतिक तथा ऐतिहासिक स्थल संरक्षण जस्ता विषय केन्द्रित योजनाहरु अघि बढाएको छ ।’ यस आर्थिक वर्षमा जिल्लामा पर्यटन पूर्वाधारका लागि करीव ६ करोड रकम विनियोजन भएको पर्यटन कार्यालय पर्वतले जनाएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया