
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतमा गतवर्ष पर्यटन पूर्वाधार निर्माण योजना सम्झौता बेलैमा हुन नसक्दा काम सम्पन्न गर्न उपभोक्ता समितिलाई हम्मेहम्मे परेको थियो । यस आर्थिक वर्ष भने योजना समयमै सम्पन्न गर्न जिल्लामै पहिलो पटक योजना स्थलमै गैइ निर्माण सम्झौता गरिएको छ ।
जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका दुर्गम स्थानहरु रहेका पर्यटन पूर्वाधार निर्माणका २० वटा योजनाहरु सम्झौता भएका हुन् । पर्यटन कार्यालय प्रमुख पोषनाथ शर्माको नेतृत्वमा प्राविधिसहितको टिम निर्माण योजना कार्यस्थलमै पुगेर सम्झौता गरेको छ । सम्वन्धित ठाउँमै पुगेर पर्यटन तथा उद्योग कार्यालय पर्वतले योजना सम्झौता गर्दा स्थानीयबासीदेखि जनप्रतिनिधिसम्म उत्साहित भएका छन् ।
पैयुँ गाउँपालिका वडा २ का अध्यक्ष नरभूपाल काफ्लेले वडाकै योजनाहरु सम्झौता भई नसकेको अवस्थामा पर्यटन कार्यालयले कार्यस्थलमै आएर योजना सम्झौता गर्ने अभ्यासले योजनालाई जनस्तरमै स्वामित्व दिलाउने, अनुगमन सहज बनाउने र पर्यटन संरचना निर्माण समयमै सम्पन्न गराउने विश्वास लिइएको बताउनुभयो ।
पर्यटन कार्यालयका प्रमुख शर्माका अनुसार विगतमा धेरै योजना कागजी रुपमा मात्र अघि बढ्थे । सम्झौता कार्यालयमा सीमित हुँदा स्थानीयको अपेक्षा, वास्तविक आवश्यकताहरु र स्थलगत चुनौतीहरु प्रारम्भमै बुझ्न सकिदैनथ्यो । कार्यालय प्रमुख शर्माले भन्नुभयो– यसपालि भने टोली गाउँकै चौतारी, खोलाकिनार, भू–प्वाइन्ट र पदमार्गको प्रवेशद्धारमा पुगेर स्थानीय समुदायको सामुन्नै योजना हस्ताक्षर गर्दा योजना कहाँ र कसरी अघि बढ्छ भन्ने स्पष्टता सुरुमा नै हुन्छ । यसले दुरुपयोग समेत धेरै हदसम्म रोकिन्छ ।’
पर्यटन कार्यालयका अनुसार गतवर्ष माघ महिनासम्म मात्रै एक वटा योजना सम्झौता गरेको थियो भने यस आर्थिक वर्षको मंसीर महिनासम्म कुल १११ वटामध्ये ४२ वटा योजना सम्झौता भई निर्माणको चरणमा पुगेका छन् ११ वटा योजना सम्पन्न भई रकम भुक्तानी गरिसकेको छ । कार्यालयको कर्मचारी टोली योजनास्थलमै पुगेपछि उपभोक्ता समितिलाई सदरमुकाम धाउन पर्ने बाध्यता हटेसँगै आतेजाते र खानेवस्ने खर्च कटौती साथै समयको वचत भएको छ ।
विहादी गाउँपालिकाका वडा ३ स्थित इमीचौर पिसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य बहादुर आलेले भन्नुभयो–कार्यालयका अधिकारीहरु हाम्रो गाउँमै आएर योजना पेश गर्दा हामीलाई पनि यो हाम्रै परियोजना हो जस्तो महसुस भयो । अहिले जिम्मेवारी समेत बढेको छ । सौन्दर्यकरण, पैदलमार्ग, पिसपार्क, स्थानीय सांस्कृतिक तथा ऐतिहासिक स्थल संरक्षण जस्ता विषय केन्द्रित योजनाहरु अघि बढाएको छ ।’ यस आर्थिक वर्षमा जिल्लामा पर्यटन पूर्वाधारका लागि करीव ६ करोड रकम विनियोजन भएको पर्यटन कार्यालय पर्वतले जनाएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया