
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जेन्जी आन्दोलन, नेपाली कांग्रेसको महाधिवेशन र पर्वतको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन मार्फत् महत्वपूर्ण सन्देश दिनुभएको छ । तीन महत्वपूर्ण विषयमा मत राख्दै गर्दा नेता जोशीले प्रष्टसँगै केन्द्रिय राजनीतिमा समेत सक्रिय भूमिका निभाउन पछि नपर्ने संकेत गर्नुभएको छ ।
जेन्जी आन्दोलनको विषयमा नेता जोशीको धारणा सकारात्मक छ । जेन्जी विद्रोहबारे नेता जोशीले भन्नुभयो–राजनीतिक वैद्यता भएन भने जनताका विचमा आफ्नो लोकप्रियता मात्र हैन आफ्नो सान्दर्भिकता कायम गर्न सकिएन भने वैधानिक वैद्यताले मात्रै मुलुक चल्दो रहिन्छ र दिगो पनि हुँदो रहिन्छ भन्ने जेन्जीको आन्दोलनले प्रमाणित भएको छ । जेन्जीले उठाएको भ्रष्टचार विरुद्धको अभियान र सुशासनको माग जेन्जीको मात्रै नभई सवै उमेर समूहले चाहेको हो ।’
नेता जोशी भन्नुहुन्छ–विगतमा मानिएको संविधान र कानून अनुसार सरकार चलिरहदा निर्वाचनकै वैधता खोजिरहदा पनि राजनीतिक वैधता दिने रहिन्छ । संविधानको दुई तिहाइको हाराहारी बहुमत भएको केपी ओलीको सरकारलाई संविधानमा कही उल्लेख नै नभएको सडकको प्रदर्शनले आन्दोलनले विस्थापित ग¥यो । संविधानको धारा अनुसार सरकार चलाउने तर आम जनताको विचमा अपनत्व ग्रहण र सकारात्मक प्रभाव छाडेको छ कि छैन भन्ने कुराको आंकलन गर्न नसक्दा अहिले मुलुक संविधान विहिनताको अवस्थामा आउनु परेको छ । संविधान भन्दा बाहिरबाट सरकार बनेको छ । संविधान बाहिरबाट संसद भंग भएको छ ।’
भदौ २३ र २४ गतेको घटनालाई दानवीकरण गर्ने र त्यसको अध्यारो पाटोलाई मात्रै खोजेर अगाडि बढ्ने हो भने मुलुक अझै अर्को ठुलो द्धन्द्धमा जाने खतरा रहेको नेता जोशीको भनाई छ । नेता जोशीले भन्नुभयो– जेन्जी आन्दोलनले अर्को पाटो पनि उजागर गरेको छ । नागरिक जवाफदेहिता विहीन रुपमा शासन संचालन गर्दाखेरि नागरिकहरुबाट उठेका आवाजहरुलाई हेलचक्राई गर्दा नागरिकहरुले कसरी विद्रोह गर्न सक्छन् भन्ने देखिन्छ । नागरिकले गरेको यो विद्रोहलाई परिवर्तनको चाहनालाई रुपान्तरणको यो दरो खवरदारीलाई हामीले केवल घुसपैठ हो यसमा षडयन्त्र छ । भन्ने मात्रै हे¥यौ भने देश अर्को ठुलो दुर्घटनामा जान्छ । सम्हालिन सक्ने अवस्था भन्दा धेरै पर पुगिसकेको अवस्था हुन्छ ।’
जेन्जी आन्दोलन नेतृत्वविहीन छ । जुन जोखिमपूर्ण छ । परिवर्तनको नेतृत्व स्थापित दलहरु र संगठित नेतृत्वले नेतृत्व नगर्दा खेरि आन्दोलन कहिलेकाही बहकाउमा जान सक्छ । लोकप्रियतावादले मुलुक द्धन्द्धमा जाने खतरा युक्रेन यसको उदाहरण हो । आँखा चिम्लिएर लोकप्रियतावादलाई समर्थन गर्दा द्धन्द्धलाई बढावा दिन सक्छ । जेन्जी विद्रोह पछि दबाव र हिंसाका आधारमा सरकारलाई प्रभावित पार्न खोजिदै छ । मुलुकको प्रधानमन्त्रीदेखि सवै मन्त्रीहरुलाई वैधानिकका आधार नभएका र मुलुकको संविधानले नचिनेका शक्तिहरुले दबाब दिनु राम्रो हैन । हिंसालाई पुष्टि गर्ने २३ गतेको आक्रोश मात्रै हो । केही आक्रोश हो र त्यसभित्र लुकेका केही सुनियोजित षडयन्त्र र घुसपैठ पनि हो ।’
नेता जोशीले यो देशलाई कुन बाटोमा लैजाने सहमतिमुलक बाटोमा एकअर्काप्रति सद्भाव राख्ने बाटोमा शान्तिपूर्ण प्रगतिको बाटोमा लैजाने कि हिंसा, विद्रोह, अराजकता र निषेधको बाटोमा लैजाने भन्ने प्रश्न गर्दै भन्नुहुन्छ– जेन्जीको माग र नियत प्रति प्रश्न र शंका हैन । २३ गतेको जेन्जी आन्दोलनका आचारसंहिता प्रष्ट छन् । मुलुकको राजनीतिक निकासका लागि कानून र संविधान विहिनरुपमा खोजिएको समाधान दिगो हुँदैन र अर्को अवैधानिक र गै¥हकानूनी सरकारले विस्थापित गर्छ ।’
आगामि निर्वाचनबारे नेपाली कांग्रेसको केन्द्रिय समितिको वैठकले जनताको विचमा जाने निर्णय गरिसकेको उल्लेख गर्दै नेता जोशीले भन्नुभयो–जनताको मतबाट प्राप्त परिणामलाई स्वीकार गरेर राजनीतिक निकास खोज्ने हो । फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा केही विषयमा केही संशय छन् । संसद पुर्नस्थापनाको पक्षमा छैन । निर्वाचन स्वतन्त्र र निस्पक्ष हुनुपर्छ । ६ हजार कैदी जेलबाट फरार छन् । आधुनिक हतियार र पेशेवर अपराधीहरु बाहिर रहेको अवस्थामा निर्वाचन हुनेमा शंसय भएको छ । सरकारले अझै पनि निर्वाचनमा मात्रै ध्यान केन्द्रित गरी लागेको अवस्था छैन । निर्वाचन हुन्छ कि हुँदैन भन्न सक्ने अवस्था छैन ।’
निर्वाचनले नै वैधानिक समाधान खोज्छ । दलहरु पनि निर्वाचनको पक्षमा छन् । यदि निर्वाचन सर्ने हो भने पनि आधार र कारण पनि दिइनुपर्छ । चुनाव नगर्नका लागि मिति सार्न मिल्दैन । निर्वाचन नै नगर्ने गरी चलखेल हुने भयो भने संसद पुर्नस्थापनाको माग गरिने नेता जोशीको भनाई छ ।
नेकाको महाधिवेशन विधान अनुसार २०८३ मंसीरसम्ममा गर्ने छुट थियो । जेन्जीको प्रभाव र दबाबले परिवर्तनको चाहना अनुसार पुषको २६,२७ र २८ हुने सर्वसम्मत निर्णय भएको छ । नेपाली कांग्रेसमा ठुलो समस्या आएको थियो । २४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । विधानमा विशेष महाधिवेशन बोलाउने बाध्यात्मक व्यवस्था गरेको रहेछ तर बोलाइसकेपछि कुन विधि र विनियमावली अनुसार अगाडि जाने भन्ने कुराहरु विधानको नियमावलीमा अरु कार्यविधिहरु उल्लेख नभएको हुँदा द्धिविधा रहेको नेता जोशीले खुलासा गर्नुभयो ।
नेता जोशीले जिल्लाको भौतिक विकासमा आफ्नो योगदान रहेको उल्लेख गर्दै भन्नुभयो–२०५६ सालमा चुनाव लड्दै गर्दा पर्वतका कुनै पनि स्थानहरुमा गाडीहरु जादैन्थे । पर्वत जिल्लाको कुश्मा, खुर्कोट, पाङ र मल्लाज भन्दा कहि बत्ती बलेको थिएन । खानेपानीको सुविधा धेरै स्थानहरुमा थिएन । पर्वतमा पूर्वाधारको व्यवस्थित विकासको शुरुवात २०५६ सालदेखि यता नै भएको हो । अहिले मानव विकास सूचांकको दृष्टिले पर्वत विकसित जिल्ला हो । अझै पनि जिल्लामा विकास केही पनि भएको छैन भन्ने गुनासो हुुुनुको कारण भौतिक विकासलाई जनताको मनसँग जोड्न सकिएन । जनताले विकासलाई अपनत्वको रुपमा लिन सकेको अवस्था छैन । युवाहरुलाई पर्वतको विकास र समृद्धिसँगै जोडेर एकसाथ लैजान सक्नुपर्छ । सवै पक्ष मिलेर अगाडि बढ्ने हो भने पर्वतलाई समृद्ध बनाउन सकिन्छ ।’ नेता जोशीले पार्टीमा कुनै गुट भन्दा पनि संस्थापन पक्ष भनिने देउवाकै पक्षधर रहेको जिकिर गर्दै जित्ने पक्षकै टिममा आफ्नो समर्थन रहने समेत दाबी गर्नुभयो । राजनीतिमा उमेर समूहको भन्दा पनि अनुभव र कार्यक्षमताको माने रहनेमा नेता जोशीको तर्कले पनि उहाँले राजनीतिमा थप सक्रियता देखाउन खोजेको प्रष्ट हुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया