
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । परिवारका सदस्यहरुले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको ते¥हौं पुण्य तिथिको अवसरमा कोषको स्थापना गरेका हुन् ।
स्थानीय विद्यालयमा स्वर्गीय मातापिता देवेन्द्र कुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षय कोषमा सुरुआती रुपमा १ लाख ५१ हजार तीन सय २५ रुपैयाँ जम्मा गरिएको छ । परिवारका अनुसार मृतक आमाको नाममा संकलित भेटी रकममा थप गरी अक्षय कोषको स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरेको हो । कोषबाट असहाय, आर्थिक रुपमा कमजोर तथा शैक्षिक रुपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ खड्कराज पुरीले बताउनुभयो ।
मृतक देवेन्द्र कुमारी पुरीका छोरा विनोद पुरीले आमाको नाममा शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको संस्थापक तथा पर्वत यूके समाजको पूर्व वरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका छोरा पुरीले भन्नुभयो–आमाले जीवनभर समाजसेवामा देखाउनु भएको समर्पणलाई निरन्तरता दिन यो कोष स्थापना गरेका हौं । यसबाट विद्यार्थीहरुले दीर्घकालीन लाभ लिनेछन् ।’ विद्यालयको स्थापना कालीन योगदानलाई स्मरण गर्दै छोरा पुरीले विद्यालयको स्थापना गर्न समाजसेवी व्यक्तित्व स्वर्गीय लछुमन गिरीसँगै मिलेर मेरा पिताजीले स्थापना गरेको विद्यालयमा सहयोग गर्न पाउनु झनै खुसीको कुरा भएको उल्लेख गर्नु भयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालीले भन्नुभयो–विद्यालय स्थापना कालमै सहयोग गरेको परिवारबाट अक्षय कोष स्थापना हुनुले विद्यार्थीलाई प्रेरणा र सहयोग दुवै प्रदान गरेको छ ।’ कोषका लागि रकम हस्तान्तरण कार्यक्रममा मृतकका छोराहरु केशवराज पुरी, निलराज पुरी, बुहारी गंगा पुरी केसी, छोरीहरु हरि पुरी गिरी, शान्ता पुरी लगायतको सहभागीता थियो ।
स्थानीय अभिभावकका अनुसार मृतक आमाले समुदायमा सहयोगी, सामाजिक तथा परोपकारी योगदान पु¥याउदै आउनु भएको थियो । उहाँकै सम्झनालाई संस्थागत बनाउन परिवारले उठाएको कदम प्रति स्थानीयबासीले प्रशंसा व्यक्त गरेका छन् । विद्यालयले आगामी वर्षदेखि कोष व्यवस्थापनका लागि विशेष कार्यविधि लागू गर्दै पारदर्शी प्रणालीबाट सहयोग वितरण गरिने जनाएको छ । पालिकाको वडा ७ मा अवस्थित दलितवस्तीमा रहेको विद्यालयमा पढ्ने विधार्थीहरु समेत दलित जातिका नै बढी संख्यामा छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया