
१नारायण माविलाई कुश्मा नगरपालिका स्तरीय राष्ट्रपति शिल्ड
२उद्यमीको मर्म बुझ्न सक्ने हुनुपर्छ उद्योग वाणिज्य संघ
३प्रदेश अस्पताल कुश्माको अध्यक्षमा परियार नियुक्त
४लागुऔषध गाँजा सहित दुई जना पक्राउ
५खेलकुद सामग्री हात परेपछि स्कूले विद्यार्थी खुशीले दंग
६औषधि नपाएपछि गाउँले सर्वसाधारण मर्कामा
७पर्वतबाट एकै पटक ९ जना निजामती सेवामा प्रवेश
८भेटी रकमबाट विद्यालयमा अक्षय कोष स्थापना
९वैधानिक वैद्यताले मात्रै मुलुक चल्दो रहिन्छ –कांग्रेस नेता जोशी
१०बन्ने भो ओली कुटी
११योजना स्थलमै पर्यटन पूर्वाधार निर्माण सम्झौता
१२उद्योग वाणिज्य संघको आयोजनामा पर्वत महोत्सव
१भेटी रकमबाट विद्यालयमा अक्षय कोष स्थापना
२प्रदेश अस्पताल कुश्माको अध्यक्षमा परियार नियुक्त
३खेलकुद सामग्री हात परेपछि स्कूले विद्यार्थी खुशीले दंग
४एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता
५उद्योग वाणिज्य संघको आयोजनामा पर्वत महोत्सव
६वैधानिक वैद्यताले मात्रै मुलुक चल्दो रहिन्छ –कांग्रेस नेता जोशी
७नारायण माविलाई कुश्मा नगरपालिका स्तरीय राष्ट्रपति शिल्ड
८औषधि नपाएपछि गाउँले सर्वसाधारण मर्कामा
९उद्यमीको मर्म बुझ्न सक्ने हुनुपर्छ उद्योग वाणिज्य संघ
१०लागुऔषध गाँजा सहित दुई जना पक्राउ
११योजना स्थलमै पर्यटन पूर्वाधार निर्माण सम्झौता
१२पर्वतबाट एकै पटक ९ जना निजामती सेवामा प्रवेश

पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । परिवारका सदस्यहरुले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको ते¥हौं पुण्य तिथिको अवसरमा कोषको स्थापना गरेका हुन् ।
स्थानीय विद्यालयमा स्वर्गीय मातापिता देवेन्द्र कुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षय कोषमा सुरुआती रुपमा १ लाख ५१ हजार तीन सय २५ रुपैयाँ जम्मा गरिएको छ । परिवारका अनुसार मृतक आमाको नाममा संकलित भेटी रकममा थप गरी अक्षय कोषको स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरेको हो । कोषबाट असहाय, आर्थिक रुपमा कमजोर तथा शैक्षिक रुपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ खड्कराज पुरीले बताउनुभयो ।
मृतक देवेन्द्र कुमारी पुरीका छोरा विनोद पुरीले आमाको नाममा शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको संस्थापक तथा पर्वत यूके समाजको पूर्व वरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका छोरा पुरीले भन्नुभयो–आमाले जीवनभर समाजसेवामा देखाउनु भएको समर्पणलाई निरन्तरता दिन यो कोष स्थापना गरेका हौं । यसबाट विद्यार्थीहरुले दीर्घकालीन लाभ लिनेछन् ।’ विद्यालयको स्थापना कालीन योगदानलाई स्मरण गर्दै छोरा पुरीले विद्यालयको स्थापना गर्न समाजसेवी व्यक्तित्व स्वर्गीय लछुमन गिरीसँगै मिलेर मेरा पिताजीले स्थापना गरेको विद्यालयमा सहयोग गर्न पाउनु झनै खुसीको कुरा भएको उल्लेख गर्नु भयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालीले भन्नुभयो–विद्यालय स्थापना कालमै सहयोग गरेको परिवारबाट अक्षय कोष स्थापना हुनुले विद्यार्थीलाई प्रेरणा र सहयोग दुवै प्रदान गरेको छ ।’ कोषका लागि रकम हस्तान्तरण कार्यक्रममा मृतकका छोराहरु केशवराज पुरी, निलराज पुरी, बुहारी गंगा पुरी केसी, छोरीहरु हरि पुरी गिरी, शान्ता पुरी लगायतको सहभागीता थियो ।
स्थानीय अभिभावकका अनुसार मृतक आमाले समुदायमा सहयोगी, सामाजिक तथा परोपकारी योगदान पु¥याउदै आउनु भएको थियो । उहाँकै सम्झनालाई संस्थागत बनाउन परिवारले उठाएको कदम प्रति स्थानीयबासीले प्रशंसा व्यक्त गरेका छन् । विद्यालयले आगामी वर्षदेखि कोष व्यवस्थापनका लागि विशेष कार्यविधि लागू गर्दै पारदर्शी प्रणालीबाट सहयोग वितरण गरिने जनाएको छ । पालिकाको वडा ७ मा अवस्थित दलितवस्तीमा रहेको विद्यालयमा पढ्ने विधार्थीहरु समेत दलित जातिका नै बढी संख्यामा छन् ।


प्रतिक्रिया