
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

स्थानीय सरकारले निःशुल्क वितरण गर्ने औषधि खरीद प्रक्रिया समयमै अगाडि नबढाउदा कुश्मा नगरपालिकाभरका स्वास्थ्य संस्थामा औषधिको अभाव चर्किएको छ । स्थानीय सरकारले आर्थिक वर्षको सुरुवातमै खरीद प्रक्रिया अघि बढाउने भनिए पनि बजेट न्यून विनियोजन र प्रशासनिक ढिलाईले गर्दा स्वास्थ्य चौकीहरुमा आधारभूत औषधि समेत पाउन सकेका छैनन् ।
नगरपालिकाको वडा ३ स्थित दुर्लुङ स्वास्थ्य चौकीका प्रमुख सुरेश सुवेदीले सर्वसाधारण विरामीले पाउनु पर्ने ९८ प्रकारका औषधिमध्ये अति आवश्यकीय औषधिहरु नै विरामीलाई उपलब्ध गराउन नसकिएको गुनासो गर्नुभएको छ । स्वास्थ्य चौकी प्रमुख सुवेदीले भन्नुभयोर्–आर्थिक वर्षको असोज महिनामा टेण्डर सम्पन्न भई ढिलोमा पनि कार्तिक महिनासम्ममा खरीद भएको औषधि वितरण गर्न सक्नु पर्ने हो तर पालिकामा खरीदको अत्तोपत्तो छैन । विरामीलाई औषधि नदिई फिर्ता पठाउनु पर्ने अवस्था छ । औषधिकै अभावले गाउँको वर्थिङ सेन्टरमा बच्चा जन्माउनेको संख्या समेत घटेको छ । सुत्केरीहरुलाई सदरमुकामको अस्पतालमा रिफर गर्नु परेको छ ।’
पालिकाको वडा ७ मा रहेको चुवा स्वास्थ्य चौकीको प्रमुख गोपाल शर्माले पालिकाबाट निःशुल्क वितरण गर्ने औषधि समयमा नआएपछि सर्वसाधारणको माग अनुसार वडासँग समन्वय गरी केही अति आवश्यकीय औषधि खरीद गरेको बताउनुभयो । वडा ७ का का अध्यक्ष सुरेन्द्र केसीका अनुसार वडामा गरीव र आर्थिक विपन्न वर्गको दलितवस्ती रहेको र स्वास्थ्य सेवा दिनुको विकल्प नभएको हुँदा औषधि खरीदमा ३० हजार रकम विनियोजन गरी निःशुल्क वितरण गरिएको छ ।
औषधि अभावका कारण पालिका भित्र खासगरी ग्रामीण भेगका स्वास्थ्य चौकी बढी प्रभावित भएका छन् । पारासिटामोल, आइभि फ्लुड, एन्टिबायोटिक, सुई–सिरिन्ज जस्ता आधारभूत औषधि अभावले स्थानीयबासी निजी मेडिकलमा भर पर्न बाध्य छन् भने सामान्य उपचारका लागि सदरमुकामस्थित प्रदेश अस्पतालमा धाउनु परेको छ । गाउँका स्वास्थ्य संस्थामा निःशुल्क पाइनुपर्ने औषधि नपाउँदा आर्थिक रुपमा कमजोर बिरामीहरु निकै मर्कामा परेको स्थानीयबासीको दुःखेसो छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यम प्रसाद शर्माले औषधि खरीद प्रक्रिया अगाडि बढेको बताउनुभयो । स्वास्थ्य प्रमुख शर्माले पालिकाको स्वास्थ्य क्षेत्रका लागि न्यून बजेट विनियोजन भएको कारण खरीद गरिने औषधि पनि भनेजति निःशुल्क वितरण गर्न नसक्ने अवस्था रहेको भनाई राख्नुभयो । पालिकालाई औषधि खरीदका लागि विनियोजन भई संघीय सरकारबाट सशर्त आएको रकम १४ लाख मात्रै छ भने पालिकाले औषधि खरीदका लागि बजेट विनियोजन गरेको छैन । पालिकाको स्वास्थ्य शाखाले खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको र केही सातामै औषधि आपूर्ति सहज हुने दाबी गरे पनि स्पष्ट समयसीमा भने दिएको छैन ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया