
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

स्थानीय सरकारले निःशुल्क वितरण गर्ने औषधि खरीद प्रक्रिया समयमै अगाडि नबढाउदा कुश्मा नगरपालिकाभरका स्वास्थ्य संस्थामा औषधिको अभाव चर्किएको छ । स्थानीय सरकारले आर्थिक वर्षको सुरुवातमै खरीद प्रक्रिया अघि बढाउने भनिए पनि बजेट न्यून विनियोजन र प्रशासनिक ढिलाईले गर्दा स्वास्थ्य चौकीहरुमा आधारभूत औषधि समेत पाउन सकेका छैनन् ।
नगरपालिकाको वडा ३ स्थित दुर्लुङ स्वास्थ्य चौकीका प्रमुख सुरेश सुवेदीले सर्वसाधारण विरामीले पाउनु पर्ने ९८ प्रकारका औषधिमध्ये अति आवश्यकीय औषधिहरु नै विरामीलाई उपलब्ध गराउन नसकिएको गुनासो गर्नुभएको छ । स्वास्थ्य चौकी प्रमुख सुवेदीले भन्नुभयोर्–आर्थिक वर्षको असोज महिनामा टेण्डर सम्पन्न भई ढिलोमा पनि कार्तिक महिनासम्ममा खरीद भएको औषधि वितरण गर्न सक्नु पर्ने हो तर पालिकामा खरीदको अत्तोपत्तो छैन । विरामीलाई औषधि नदिई फिर्ता पठाउनु पर्ने अवस्था छ । औषधिकै अभावले गाउँको वर्थिङ सेन्टरमा बच्चा जन्माउनेको संख्या समेत घटेको छ । सुत्केरीहरुलाई सदरमुकामको अस्पतालमा रिफर गर्नु परेको छ ।’
पालिकाको वडा ७ मा रहेको चुवा स्वास्थ्य चौकीको प्रमुख गोपाल शर्माले पालिकाबाट निःशुल्क वितरण गर्ने औषधि समयमा नआएपछि सर्वसाधारणको माग अनुसार वडासँग समन्वय गरी केही अति आवश्यकीय औषधि खरीद गरेको बताउनुभयो । वडा ७ का का अध्यक्ष सुरेन्द्र केसीका अनुसार वडामा गरीव र आर्थिक विपन्न वर्गको दलितवस्ती रहेको र स्वास्थ्य सेवा दिनुको विकल्प नभएको हुँदा औषधि खरीदमा ३० हजार रकम विनियोजन गरी निःशुल्क वितरण गरिएको छ ।
औषधि अभावका कारण पालिका भित्र खासगरी ग्रामीण भेगका स्वास्थ्य चौकी बढी प्रभावित भएका छन् । पारासिटामोल, आइभि फ्लुड, एन्टिबायोटिक, सुई–सिरिन्ज जस्ता आधारभूत औषधि अभावले स्थानीयबासी निजी मेडिकलमा भर पर्न बाध्य छन् भने सामान्य उपचारका लागि सदरमुकामस्थित प्रदेश अस्पतालमा धाउनु परेको छ । गाउँका स्वास्थ्य संस्थामा निःशुल्क पाइनुपर्ने औषधि नपाउँदा आर्थिक रुपमा कमजोर बिरामीहरु निकै मर्कामा परेको स्थानीयबासीको दुःखेसो छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यम प्रसाद शर्माले औषधि खरीद प्रक्रिया अगाडि बढेको बताउनुभयो । स्वास्थ्य प्रमुख शर्माले पालिकाको स्वास्थ्य क्षेत्रका लागि न्यून बजेट विनियोजन भएको कारण खरीद गरिने औषधि पनि भनेजति निःशुल्क वितरण गर्न नसक्ने अवस्था रहेको भनाई राख्नुभयो । पालिकालाई औषधि खरीदका लागि विनियोजन भई संघीय सरकारबाट सशर्त आएको रकम १४ लाख मात्रै छ भने पालिकाले औषधि खरीदका लागि बजेट विनियोजन गरेको छैन । पालिकाको स्वास्थ्य शाखाले खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको र केही सातामै औषधि आपूर्ति सहज हुने दाबी गरे पनि स्पष्ट समयसीमा भने दिएको छैन ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया