
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको कुश्मा नगरपालिकाको शिवालय उच्च माविमा आइतवारको दिन अन्य दिन भन्दा फरक रौनक देखिन्थ्यो । पालिकामा सोमबारदेखि हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कसरी उत्कृष्टता देखाउने भन्ने कुरामा विद्यार्थीहरुको चासो थियो ।
विद्यार्थीसँगै शिक्षकहरु समेतको ध्यान खेलकुद प्रतियोगितातर्फ केन्द्रित भैरहेको अवस्थामा वडा ६ मा रहेको विद्यालयमा केही अभिभावक सहित व्यवस्थापन समितिका पदाधिकारीहरुको आगमन हुन्छ । व्यवस्थापन समितिका अध्यक्षसहित आएको अभिभावक समूहले विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दछन् । खेलकुद प्रतियोगिताको तयारीमा लाग्दै गर्दा अकस्मात अभिभावकबाट खेलकुद पोशाक र अन्य खेलकुद सामग्री पाउदा विद्यार्थीहरु खुशीले दंग परेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता अन्तर्गत भलिबलतर्फ भाग लिन लागेकी कक्षा १० की छात्रा खेलाडी जेनिशा कँडेलले भन्नुभयो–कुन रंग र कति मूल्यको खेलकुद पोशाक खरीद गर्ने भनी सोच्न नपाउदै हामीलाई माया गरेर अभिभावकले खेलकुद पोशाक उपलब्ध गराउनु भयो । अत्यन्तै खुशी र हौसला मिलेको छ ।’ खेलकुद पोशाक उपहार पाएपछि कक्षा ९ मा अध्ययरत छात्र कृष नेपालीले खेल खेल्न आफूलाई थप जोश र जाँगर मिलेको बताउनुभयो । छात्र नेपालीले दौड खेलमा प्रतिस्पर्धा गर्नु हुनेछ ।
विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिताका विभिन्न विधामा सहभागी हुने ३० जना विद्यार्थीहरुलाई खेलकुद पोशाक उपलब्ध गराइएको र विद्यालयलाई आवश्यक पर्ने खेलकुद सामाग्री समेत अभिभावकबाट प्राप्त भएको विद्यालयका प्रअ गोविन्द पोख्रेलले उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समिति सल्लाहकार शंकर गिरीले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक भएकाले सामग्री सहयोग उदाहरणीय रहेको बताउनुभयो । अभिभावकहरुको सहयोग र सद्भावले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन कुनै न कुनै रुपमा सहयोग पुराउने सल्लाहकार गिरीको विश्वास छ ।
विद्यार्थीहरुलाई खेलकुद सामग्री सहयोग गर्नु भएका स्थानीय अभिभावक प्रसाद श्रेष्ठले भन्नुभयो –विद्यार्थीलाई सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको छ ।’ खेलकुद सामग्री सहयोगमा सहजीकरण गर्नुभएका मिलन क्लवका अध्यक्ष झलक कार्कीले भन्नुभयो–विद्यार्थीहरु किताब–कपीमा मात्र होइन, खेलकुदमा पनि सक्षम बन्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौं । सहयोगले अझ बढी आर्थिक विपन्न परिवारका विद्यार्थीलाई खुशी मिलेको छ ।’









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया