
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको कुश्मा नगरपालिकाको शिवालय उच्च माविमा आइतवारको दिन अन्य दिन भन्दा फरक रौनक देखिन्थ्यो । पालिकामा सोमबारदेखि हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कसरी उत्कृष्टता देखाउने भन्ने कुरामा विद्यार्थीहरुको चासो थियो ।
विद्यार्थीसँगै शिक्षकहरु समेतको ध्यान खेलकुद प्रतियोगितातर्फ केन्द्रित भैरहेको अवस्थामा वडा ६ मा रहेको विद्यालयमा केही अभिभावक सहित व्यवस्थापन समितिका पदाधिकारीहरुको आगमन हुन्छ । व्यवस्थापन समितिका अध्यक्षसहित आएको अभिभावक समूहले विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दछन् । खेलकुद प्रतियोगिताको तयारीमा लाग्दै गर्दा अकस्मात अभिभावकबाट खेलकुद पोशाक र अन्य खेलकुद सामग्री पाउदा विद्यार्थीहरु खुशीले दंग परेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता अन्तर्गत भलिबलतर्फ भाग लिन लागेकी कक्षा १० की छात्रा खेलाडी जेनिशा कँडेलले भन्नुभयो–कुन रंग र कति मूल्यको खेलकुद पोशाक खरीद गर्ने भनी सोच्न नपाउदै हामीलाई माया गरेर अभिभावकले खेलकुद पोशाक उपलब्ध गराउनु भयो । अत्यन्तै खुशी र हौसला मिलेको छ ।’ खेलकुद पोशाक उपहार पाएपछि कक्षा ९ मा अध्ययरत छात्र कृष नेपालीले खेल खेल्न आफूलाई थप जोश र जाँगर मिलेको बताउनुभयो । छात्र नेपालीले दौड खेलमा प्रतिस्पर्धा गर्नु हुनेछ ।
विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिताका विभिन्न विधामा सहभागी हुने ३० जना विद्यार्थीहरुलाई खेलकुद पोशाक उपलब्ध गराइएको र विद्यालयलाई आवश्यक पर्ने खेलकुद सामाग्री समेत अभिभावकबाट प्राप्त भएको विद्यालयका प्रअ गोविन्द पोख्रेलले उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समिति सल्लाहकार शंकर गिरीले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक भएकाले सामग्री सहयोग उदाहरणीय रहेको बताउनुभयो । अभिभावकहरुको सहयोग र सद्भावले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन कुनै न कुनै रुपमा सहयोग पुराउने सल्लाहकार गिरीको विश्वास छ ।
विद्यार्थीहरुलाई खेलकुद सामग्री सहयोग गर्नु भएका स्थानीय अभिभावक प्रसाद श्रेष्ठले भन्नुभयो –विद्यार्थीलाई सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको छ ।’ खेलकुद सामग्री सहयोगमा सहजीकरण गर्नुभएका मिलन क्लवका अध्यक्ष झलक कार्कीले भन्नुभयो–विद्यार्थीहरु किताब–कपीमा मात्र होइन, खेलकुदमा पनि सक्षम बन्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौं । सहयोगले अझ बढी आर्थिक विपन्न परिवारका विद्यार्थीलाई खुशी मिलेको छ ।’









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया