
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

कोभिड पछिको आर्थिक मन्दीले उद्योगीव्यवसायी आजित भइरहेको अवस्थामा उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमीको तवरबाट भन्नुपर्दा अहिलेको अवस्था विषम र जटिल छ ।
प्रतिकूल आर्थिक अवस्थामा पनि जिल्लाको उद्यमीव्यवसायीको छाता संगठन मानिने उद्योगवाणिज्य संघ पर्वतले महोत्सवको आयोजना गरेर केही आशाको संचार गरेको उद्यमीहरुको बुझाई छ । उद्योगीव्यवसायीहरु उद्योगव्यवसाय छोडेर दिनानुदिन पलायन हुने क्रम तिव्र छ भने अर्कोतर्फ उपभोक्ताहरु बढ्दो महंगीको मारमा छन् । जिल्लामै रहेका प्राकृतिक साधनस्रोतको सहि सदुपयोग र परिचालन हुने सकेको छैन । उद्यमशीलताको प्रवद्र्धनमा स्थानीय सरकारले उदासिनता देखाउदै आएको छ ।
पर्वतको सदरमुकाम कुश्मामा आगामी मंसीर ९ देखि १९ गते सम्म हुने महोत्सवमा आयोजकका अनुसार ंशान्ति र सद्भावको सन्देश प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशु जन्य उद्यमहरुको प्रचारप्रसार साथै पर्वत जिल्लामा रहेका कला संस्कृति, खेलकुद, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्दै आन्तरिक तथा बाहय पर्यटक आवागमन गराई पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य राखिएको छ । संघको लक्ष राम्रो छ तर जिल्लाकै उत्तरी भेगमा बहुमूल्य औषधिजन्य जडीबुटीहरु जस्तो ३ हजार मिटरको उचाईमा पाइने यार्सागुम्वादेखि पाँचऔले, चिराइतो, जटामसी, सुगन्धवाल, भोजपत्र, उवा लगायतका दर्जनौ थरी प्रयोग विहीन भई खेर गैरहेका छन् । धेरैजसो चारी निकासी भएको पाइन्छ ।
महोत्सवमा सुन्तला खाने प्रतियोगिता भनिएको छ तर जलवायु परिवर्तनको असरबाट जिल्लाकै सुन्तला पकेट क्षेत्र भनी चिनिएको देउपुरका कृषकहरु मर्कामा छन् । भटाभट सुन्तलाका रुखहरु मर्ने र उत्पादन दिन छाडेपछि विकल्पको खोजीमा कृषकहरु छन् । दशक बढीदेखि लप्सीक्याण्डी अचारका परिकार उत्पादन गर्दै आउनु भएका उद्यमी थानेश्वर भुषालले विचौलियाका कारण महंगोमा लप्सीका गेडाहरु खरीद गर्नु परेको छ । विना धितो कृषि उद्यमीका लागि सरकारले लगानी गरिदेओस् भन्ने चाहना भुषाल लगायतका साना उद्यमीहरुको छ तर कसले सुनिदेओस् उहाँहरुको आवाज ?
युवाहरुले जिल्ला र मुलुक भित्र रहेर उद्यम गर्न सकिन्छ भन्ने विश्वास गुमाउन थालेको वर्षौ भइसकेको छ । युवा पलायनले गाउँघर रित्तिदै छ भने गाउँघरमा कृषि कामदार नै पाइन छोडेको कृषकहरुको दुखेसो छ । गाउँघरको उर्वरा जमिन बाँझिदै छन् । खेती गर्ने बारीहरु पनि वर्षमा एक सिजन मात्रै खेती गरिन्छन् अनि बाँकी महिना बाँझो नै पल्टिन्छन् । गाउँघरमा कृषकहरुले गाईभैसी पालेर दुध उत्पादन गर्छन् तर दुधको उचित मूल्य पाउन सक्दैनन् । बढीमा प्रति लिटर ६० रुपैया पाउने कृषकहरुको भनाई छ । यता बजारमा भने उपभोक्ताले प्रति लिटर १२० रुपैयाँ तिर्नु पर्छ । यो विचको ६० रुपैयाँ विचौलियाले फाइदा लुट्छ । यसबारे सवै चुप्प लाग्छन् । गरीव कृषकको हितमा कोही पनि बोल्दैन । उद्योगी व्यवसायीको छाता संगठन मानिएको उद्योग वाणिज्य संघ पर्वतले यी र यस्तै खाले साना उद्यमी र कृषकहरुको पीरमर्का पनि बुझिदिने भए अति राम्रो हुने थियो ।
यसैगरी एक पालिका एक उद्योगग्राम भन्ने नाराको असफलता, पर्यटन प्रवद्र्धनका नाममा भएका गलत योजना र कार्यक्रम, फोहोरलाई नारामा मात्रै मोहोर बनाउने कुरा गर्नु लगायतका विषयमा समेत उद्यमीहरुको नेतृत्वदायी संस्था भएको हुँदा उद्योग वाणिज्य संघले चासो राख्नुपर्ने हुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया