
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

अनेकतामा एकता हाम्रो समाजको विरासत हो । यही विरासतमा नै हामी नेपालीले वर्षेनी मनाउने चाडपर्व, परम्परा, कलासंस्कृति लगायत उनिएका छन् । हामीसँग सानै कुराले पनि खुशी र फुरुङ्ग हुने चोखो र पवित्र मन छ ।
अझै भन्नुपर्दा हाम्रो मन यस्तो कपास जस्तो हल्का छ कि कपास हावामा उडेर हराए जस्तै हामीले पनि ठुला ठुला घटना र दुःख पीडालाई भुसुक्कै विर्सिदिन्छौं । अनि सानै कुराको उपलब्धिमा रमाइदिन्छौ । सायद त्यही भएर अल्पविकसित मुलुकका हामी सांस्कृतिक रुपमा संसारकै धनी कहलिन पुग्छौं ।
अब उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ को सन्दर्भतिर लागौं । राजनीतिक र आर्थिक हिसावले हाम्रो देश विषम र कठिन मोडबाट गुज्रिएको अवस्थामा छ । युवा विदेश पलायन डरलाग्दो आँकडामा छ । नेपाली समाजमा लाहुरे प्रवृत्ति हाबी छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा कठिन र अन्यौल परिस्थितीमा पनि महोत्सवको आयोजना आयोजना गरिएको हो ।
पर्वतको सदरमुकाम कुश्मामा आयोजना गरिएको महोत्सव मंसीर ९ देखि १९ गते आज सम्म हुने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेलका अनुसार शान्ति र सद्भावको सन्देश प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशु जन्य उद्यमहरुको प्रचारप्रसार साथै पर्वत जिल्लामा रहेका कला संस्कृति, खेलकुद, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्दै आन्तरिक तथा बाहय पर्यटक आवागमन गराई पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य राखिएको हो । अध्यक्षले भने अनुसार महोत्सवले के कति लक्ष्य हासिल गरेको छ भन्ने कुरा आफ्नो स्थानमा छ तर एउटा कुरा भने यो महोत्सव क्षणिक नै सहि तर नेपालीको दुःख मेटाउने माध्यम चाहिँ बनेको छ ।
खासगरी शनिवार, सरकारी विदाका दिन जस्तै पुषे पन्ध्रौका दिन महोत्सव खचाखच भरिएको पाइन्थ्यो । काखमा सानाबाबुनानी बोकेका महिला दिदीवैनी देखि जेन्जी पुस्ताको उत्साहप्रद सहभागीता महोत्सवमा देखिन्थ्यो । महोत्सव भित्र उडेको धूलोको प्रवाह नगरी बडो खुशी र उत्साहका साथ युवादेखि वृद्धसम्मका नेपाली सर्वसाधारण नागरिक रमाएका थिए ।
महोत्सवका आकर्षण मानिएका गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, स्थानीय लोकसंस्कृति तथा राष्ट्रिय साथै स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरु रचना रिमाल, शान्ति श्री परियार, अर्जुन सापकोटा लगायतको प्रस्तुती, स्थानीय उत्पादित स्वादिष्ट खानाका परिकारहरु, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, सुचनाप्रविधि सम्वन्धी जानकारी र प्रदर्शनी, बाल उद्यान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु लगायत थुप्रै कुराहरुले सर्वसाधारणको मन भुलाएको थियो ।
बसाइसराईले गाउँघर रित्तिदै गइरहेका छन् । युवाहरुले देशमा सपना देख्न छोडेर विदेश चाहार्दै छन् । गाउँ रित्तिदै जाँदा गाउँघरमा मेला, चाडपर्व र विभिन्न संस्कृति समेत भुल्दै गइरहेको अवस्था छ । गत भदौ २३ र २४ भ्रष्टचार विरुद्ध र सुशासनका खातिर मुलुकमा जेन्जी युवा पुस्ताले गरेको विद्रोहले धेरै युवा पुस्ताको ज्यान गएको थियो भने धेरै ठुलो जनधनको नोक्सानी देशले व्यहोर्नु परेको थियो । देशले राजनीतिक अस्थिरता र अन्यौलतालाई छिचोल्न चुनाव गर्ने भनेको छ तर निश्चित छैन ।
देशको यस्तो अन्यौल राजनीति र दुःखदायी घटनाको चोट निको नहुँदै जिल्लामा आयोजना गरिएको महोत्सवमा सर्वसाधारणको उत्साहप्रद सहभागीता केवल मनोरन्जनको माध्यमलाई देखाएको नभई यसले नेपालीको शान्ति प्रतिको चाहना समेत उजागर गरेको छ । महोत्सवको पहिलो दिन अर्थात् उद्घाटन सत्रको दिन निकालिएको सद्भाव ¥यालीमा विभिन्न तह र तप्काका दशौ हजार सर्वसाधारणको उपस्थितिले नै शान्ति र सद्भावको सन्देश दिएको थियो । यसले नेपालीमा भएको एकता र सद्भाव समेत देखाएको छ । यति मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवद्र्धन गर्नुका साथै उद्यमी तथा स्थानीय कलाकारमा समेत आशा र उमंग भर्ने काम गरेको छ । अझ भन्नुपर्दा अँधेरी रातमा दियो बाल्ने काम पर्वत महोत्सवले गरेको छ ।
उद्घाटन सत्रमा मौकामा चौका हान्दै आर्थिक र विकासका कुरा भन्दा पनि आफ्नो पार्टीको बखान गर्ने गरी राजनीतिक भाषण ठोक्ने केही राजनीतक नेतृत्व प्रति सर्वसाधारणले देखाएको अरुचि पनि गजव देखिन्थ्यो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया