
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको ज्योतिष गाउँ भनेर चिनिदै आएको पाङका दुई दाजुभाई गाईभैसी पालन र केरा खेतीमा व्यावसायिक रुपमा लागेका छन् । उमेरले तीन दशक टेक्दै गरेका रामकृष्ण दास वैरागी र नारायणदास वैरागीले विगत ५ वर्षदेखि गाउँघरमै कृषि पेशाबाट भविष्य चम्काउदै छन् ।
कुश्मा नगरपालिका वडा १ मा रहेको टार वैरागीथरका कृषक दाजुभाईहरु दुवै जना काठमाण्डौमा पढेर गाउँ फर्किएका युवाहरु हुन् । उमेरले ३४ वर्षे रामकृष्णदास व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण छन् भने ३२ वर्षे नारायणदास पढेलेखेका युवाहरु हुन् । शंकरदेव क्याम्पसबाट स्नातक उत्तिर्ण गरेका रामकृष्णदास जागिर गर्ने र विदेश जाने भन्ने चक्करतिर नलागेर मुलुकमै केही गर्ने सोचमा लागे । केही समयको खोजी र अध्ययनपछि गाउँमै केही गर्नुपर्छ भन्ने सोच राखेका रामकृष्णदासले गाईभैसी पालनसँगै केराखेती व्यवसायमा संम्भावना देखे । वैरागी दाजुभाईले गाईभैसी पालनमा ३५ लाख र केराखेतीमा १ करोड गरी जम्मा १ करोड ३५ लगानी गरिसकेका छन् ।
दाजु रामकृष्णदास गाउँमै कृषि पेशा अंगालेर रमाउदै थिए । काठमाडौमा विएस्सी अध्ययनरत रहेका भाई नारायणदासको मनमा पनि पढेर टप गर्न नसक्ने भएपछि सामान्य तवरले पास गर्न तिर लाग्नु भन्दा गाउँ फर्किएर दाजुसँगै कृषि पेशामा नै लाग्न मनले उचित ठान्यो । दुई दाजुभाई नै खेतीपातीमा लागेपछि व्यवसाय विस्तारमा थप सहज भयो । वैरागी दाजुभाईले आफ्नो २० रोपनी र भाडामा लिएको छिमेकीको १ सय ३० रोपनी गरी डेढ सय रोपनी जग्गामा केरा खेती विस्तार गरेका छन् । उनीहरुले वैरागी मल्टिप्रपोज कम्पनि प्रा.लि.मार्फत् व्यवसायिक गाईभैसी पालन र केरा खेती गरेका छन् ।
वैरागी दाजुभाईले आफ्नो फर्ममा गाई र भैसी गरी २४ वटा पशुपालन गरेका छन् । विहान ३ बजेदेखि गाईगोठको काम शुरु हुन्छ । गाईभैसीको गरी दैनिक २ सय लिटर दुध उत्पादन हुने गर्दछ । कृषक रामकृष्णदास भन्नुहुन्छ–ू दुध र केराको बजारको कुनै समस्या छैन । बाग्लुङ र कुश्मा बजारमा रहेका उपभोक्ताहरुको घरमा नै हामी आफैले दुध पुराउछौ । उपभोक्ताहरु पनि खुशी हुनुहुन्छ । लोकल हजारी जातको केरा मिठो स्वादिष्ट छ । अर्गानिक लोकल जातको केरा विक्री गर्न कुनै समस्या छैन ।ू
अघिल्लो वर्ष सवै खर्च कटाएर दुध विक्रीबाट मात्रै १८ लाख वचत गरेको कृषक नारायण दासले बताउनुभयो । वैरागी दाजुभाईले केरा खेतीबाट समेत आम्दानी गर्न थालेका छन् । केरा खेतीबाट मासिक डेढ लाख कमाइ गर्ने लक्ष्य रहेको बैरागी दाजुभाईको भनाई छ । केराको घारी काटेपछि रहेको केराको थाम र पातहरु धानको परालमा मिलाएर गाईभैसीलाई खानाको रुपमा खुलाउदा खर्च कम आउने गरेको छ । केरा खेतीका लागि आफ्नै गाईभसी पालनका कारण मल प्रयोग गर्न सजिलो भएको छ ।
गाईभैसी पालन र केराखेतीबाट मनग्य आम्दानी गर्न सफल वैरागी दाजुभाई दुवै जना खुशी छन् । गाईभैसीको संख्या थप गर्ने र केराको थामबाट रेशा उत्पादन गर्ने उद्यम तिर आगामि दिनमा लाग्ने सोच रहेको कृषक वैरागी दाजुभाईले बताउनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया