
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतमा यसअघि उम्मेदवारको चुनावी प्रतिवद्धताबारे खासै चर्चा र बहस हुने गरेको पाइएको थिएन । जेन्जी विद्रोहपछि हुन थालेको आसन्न निर्वाचनमा भने उम्मेदवारले प्रस्तुत गरिने चुनावी ऐजेण्डामा चर्चा र बहसको थालनी भएको छ ।
आसान्न निर्वाचन नजिकिदै गर्दा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिना र उज्यालो नेपाल पार्टीका नविन चोचाङ्गीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । दुई उम्मेदवारहरुको चुनावी ऐजेण्डा सार्वजनिक गरेसँगै पर्वतका बौद्धिक र सचेत नागरिकका माझ तरंग पैदा गरिसकेको छ । चुनावी प्रतिवद्धता सार्वजनिक गर्न नसकेका बाँकी उम्मेदवारहरुलाई समेत नैतिक दबाब पुगेको आमसर्वसाधारणको ठम्याइ छ । नेकपाका प्रतिनिधि उम्मेदवार तिमिल्सिनाले २३ बुँदे विकसित पर्वतका लागि मनहरि तिमिल्सनाको रोडम्याप सार्वजनिक गरिसकेपछि जिल्लामा बौद्धिक जमातविच एकखाले बहसको संचार भइरहेको छ ।
उम्मेदवार तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरुमा आधुनिक कृषि र पर्यटन, पकेट क्षेत्र विकास, गुणस्तरीय शिक्षा व्यवस्था, डिजिटल पर्वत निर्माण, आइसिटी हब, पर्वत विकास सम्मेलन, संसदमा मेरा प्रतिवद्धता, सार्वजनिक प्रतिवद्धता लगायतका महत्वपूर्ण विषयहरु छन् । जसले आममतदाताको मन जितेको छ ।
युवा नेता तिमिल्सिनाको चुनावी प्रतिवद्धता सार्वजनिक भएसँगै जिल्लामा उम्मेदवारले सार्वजनिक गर्ने प्रतिवद्धता कस्को कस्तो हुने भन्नेबारे छलफल भइरहेको छ । यसैबेला उज्यालो पार्टीका प्रतिनिधि उम्मेदवार चोचाङ्गीले सार्वजनिक गरेको ७ बुँदे राजनीतिक प्रतिवद्धताले नागरिक समाजमा थप बहसको बाटो खुलेको छ ।
उम्मेदवार चोचाङ्गीले उठाएका ७ बुँदे मध्ये पहिलो बुँदामा पानी र हावालाई पुनः प्रयोग गरी एकैसाथ विद्युत उत्पादन गर्ने प्रविधिको उल्लेख गरिएको छ । यो प्रविधिबाट उत्पादन गर्दा नेपालमा ८३ हजार मेगावाट मात्र नभई १ करोड मेगावाट भन्दा धेरै उत्पादन हुने दाबी गरिएको छ ।
जिल्लाको समग्र आर्थिक र भौतिक विकासका लागि सवै उम्मेदवारको अवधारणा के के छन् भन्ने कुरा पर्वतेली जनता जानकार हुन पाएका छैनन् । जिल्लामा प्रतिनिधिसभा उम्मेदवारी दर्ता गरेका १७ जनामध्ये हालसम्म २ जना उम्मेदवारले मात्रै चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । चुनावी ऐजेण्डा नै सार्वजनिक गर्न नसक्नेले कसरी सार्वजनिक बहस गर्न सक्छन् भन्ने प्रश्न जनतामाझ उव्जिएको छ ।
चुनाव आउन अब १६ दिन मात्रै बाँकी छ । उम्मेदवारबिच चुनावी ऐजेण्डाबारे खुला बहस हुनुपर्छ भन्ने आमसर्वसाधारणको चाहना भएपनि हुन सकेको छैन । जिल्लामा सडक सञ्जालको अपुरो अवस्था, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, शिक्षा र रोजगारीका सीमित अवसर तथा बढ्दो बसाइँसराइ प्रमुख समस्या बनेका छन् । ग्रामीण भेग अझै पनि आधारभुत पुर्वाधारबाट टाढा छन् । यस्तो अवस्थामा संसदमा जाने प्रतिनिधिले जिल्लाको समस्या कागजमा लेखिएको तथ्यबाट होइन, प्रत्यक्ष अनुभव र जनसंवादबाट बुझेको हुनुपर्छ । उम्मेदवारले आफ्नो विकासको ऐजेण्डा प्रस्तुत गरेमात्रै जनताले कुन उम्मेदवारको ऐजेण्डा उपयुक्त लाग्छ सोही अनुसार आफ्नो मतदान गर्ने वातावरण हुने थियो ।
अवैद्य दोहनले मानवसभ्यताको जननी मानिने कालीगण्डकी नदीको अस्तित्व मेटिन लाग्दा समेत सोबारे संसदमा चुइक्क नबोल्ने संसद हुँदा जनताको मन रोएको छ । पर्वतमा विकास योजना नआएको भन्दा पनि आएका योजनाको प्रभावकारी कार्यान्वयन नहुनु ठुलो समस्या बनेको छ । सरकारले लिएको नारा अनुरुप जिल्लामा करोडौ लगानीमा थालिएको एक पालिका एक ग्राम योजना कुश्मा नगरपालिका र विहादी गाउँपालिकामा वर्षौदेखि अलपत्र पारिएका छन् ।
पूर्व प्रधानमन्त्री केपी ओलीको पालामा सातै पालिकामा संचालन गरिने भनी उद्घाटन गरिएका आधारभूत अस्पताल भवन संचालनमा ल्याउन नसकेर अलपत्र छाडिएका छन् । गाउँका सर्वसाधारणले निशुल्क पाउन पर्ने औषधि सिटामोल समयमा पाउन सकेका छैनन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया