
१देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
२पर्वतको उत्तरी भेगका कृषकहरु ओखर खेतीमा जुटे
३जिल्लामै एसईई दिनेको संख्या घट्दो छँदा नारायण माविको बढ्दो
४मध्यावधि निर्वाचनमा देखिएको नयाँ अभ्यास
५रास्वपाका उम्मेदवार भुषालको पर्वतबाट शानदार विजय
६पर्वतमा यसपाली बाजी मार्ने उम्मेदवार को ?
७पर्वतको विकास सम्भावना र उम्मेदवार चयन
८पर्वतबाट ४ उम्मेदवारबिच कडा प्रतिस्पर्धा
१०पर्वतमा उम्मेदवारबिच बहसको माग, भएन पहलकदमी
११पर्वतको श्रीकाङ गाउँमा युवा विदेशिएपछि युवा क्लव सुनसान
१२पर्वतमा पहिलोपटक उम्मेदवारबिच बहसको माग
१पर्वतको विकास सम्भावना र उम्मेदवार चयन
२पर्वतबाट ४ उम्मेदवारबिच कडा प्रतिस्पर्धा
३नयाँ युवाको उम्मेदवारीसँगै पर्वतको विकास र संम्भावनाबारे बहस
४फलेबासको विचार गोष्ठीले नयाँ राजनीतिक तरंग ल्याउने अड्कल
५पर्वतमा पहिलोपटक उम्मेदवारबिच बहसको माग
६मध्यावधि निर्वाचनमा देखिएको नयाँ अभ्यास
७पर्वतमा यसपाली बाजी मार्ने उम्मेदवार को ?
८पर्वतको श्रीकाङ गाउँमा युवा विदेशिएपछि युवा क्लव सुनसान
९पर्वतमा उम्मेदवारबिच बहसको माग, भएन पहलकदमी
१०देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१२जिल्लामै एसईई दिनेको संख्या घट्दो छँदा नारायण माविको बढ्दो

आगामी निर्वाचनलाई लक्षित गर्दै पर्वत जिल्लामा उम्मेदवारबिच सार्वजनिक बहस आयोजना गर्नुपर्ने माग तीव्र बन्दै गएको छ । जिल्लामै पहिलो पटक औपचारिक रुपमा उम्मेदवारबीच प्रत्यक्ष बहस गरिनुपर्ने विषयमा नागरिक समाज, युवाहरु र विभिन्न पेशागत संस्थाहरुबीच व्यापक माग भएको हो ।
सामाजिक सञ्जालदेखि चिया पसल र सार्वजनिक कार्यक्रमसम्म उम्मेदवारले आफ्नो चुनावी प्रतिवद्धता खुला रुपमा राखून भन्ने आवाज उठ्न थालेको छ । मतदाताले घोषणापत्रभन्दा बाहिर गएर उम्मेदवारको दृष्टिकोण, योजना र प्रतिवद्धता प्रत्यक्ष सुन्न पाउने अवसर आवश्यक रहेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिवप्रसाद शर्माको भनाई छ ।
पर्वत उद्योग वाणिज्य संघ, प्रेस संगठनहरु तथा विभिन्न सामाजिक युवा क्लवहरुले संयुक्त रुपमा बहस कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे छलफल अघि बढाएको बताएका छन् । उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेका अनुसार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सुशासनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न उम्मेदवारहरुलाई एउटै मञ्चमा ल्याउनु अहिलेको आवश्यकता हो । पूर्व अध्यक्ष लामिछानेले बहसका लागि उम्मेदवारहरुसँग कुराकानी भएको र उम्मेदवारहरुको कार्य व्यस्तता मिलाएर बहस गरिने बताउनुभयो ।
जिल्लाबाट प्रतिनिधिसभाका लागि आकांक्षी उम्मेदवारहरु पनि बहसका पक्षमा देखिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार मनहरि तिमिल्सिना र उज्यालो नेपाल पार्टी पर्वतका उम्मेदवार नविन चोचाङ्गी लगायत केहीले औपचारिक निमन्त्रणा आएमा सहभागी हुन तयार रहेको बताएका छन् । दुई उम्मेदवारले बाहेक बाँकीले चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्न सकेका छैनन् ।
जिल्लामा भ्रष्टचार विरुद्ध र सुशासनका लागि आवाज उठाउदै आएको जेन्जी सहितका युवाहरु संलग्न संस्था पर्वत युवा सञ्जालका अध्यक्ष मदन पौडेलले सार्वजनिक बहस अत्यन्तै आवश्यक रहेकोले पहल गर्दै गरेको उल्लेख गर्दै भन्नुहुन्छ र्,गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, शिक्षा र रोजगारीका सीमित अवसर तथा बढ्दो बसाइँसराइ प्रमुख समस्या बनेका छन् । यस्तो अवस्थामा संसदमा जाने प्रतिनिधिले जिल्लाको समस्या कागजमा लेखिएको तथ्यबाट होइन, प्रत्यक्ष अनुभव र जनसंवादबाट बुझेको हुनुपर्ने हुँदा बहस हुनुपर्छ ।’
होटल व्यवसायी संघ पर्वतका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उम्मेदवारहरुबीच बहस हुनुपर्छ भन्ने धारणा राख्दै भन्नुहुन्छर्–युवा पलायन पर्वत जिल्लाको गम्भीर समस्या हो । कृषि, पर्यटन, जलविद्युत, जडीबुटी र साना उद्यममा प्रशस्त सम्भावना हँुदाहुदै पनि नीति र लगानीको कमी देखिन्छ । जिल्लामा पर्यटनको संभावना भए पनि पर्यटन प्रवद्र्धनका लागि अति आवश्यक पर्यटन सूचना केन्द्र स्थापनाको पहल कहिकतैबाट भएको छैन । त्यसैले संसदमा जाने प्रतिनिधिले युवामुखी, रोजगारमुखी र दीर्घकालीन विकास दृष्टि बोकेको हुनुपर्छ । तत्कालीन लोकप्रियताभन्दा भविष्य निर्माणमा केन्द्रित भिजन, सोच र अवधारणाको विशेषता हुनुपर्छ भन्नका लागि बहसको खाँचो छ ।’
पर्वतेली जनता पर्वतबाट जाने प्रतिनिधि भाषणमा सीमित नभई परिणाम निकाल्न सक्ने, जिल्लाको पक्षमा दृढतापूर्वक उभिन सक्ने र जनताप्रति उत्तरदायी भएको देख्न चाहन्छन् । जनताको भावना र मर्म बुझ्ने सांसदले मात्र पर्वत जिल्लाको समग्र विकास र पहिचानलाई राष्टियस्तरमा स्थापित गर्न सक्छ भन्ने आमपर्वतेलीको धारणा रहेको छ ।



प्रतिक्रिया