
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

वैदेशिक रोजगारीको बढ्दो लहर र गाउँलेको बसाइसराईसँगै जिल्लाका ग्रामीण बस्तीहरुमा युवाको अभाव चर्किदै गएको छ । पर्वतको जिल्लाको फलेवास नगरपालिका वडा ११ मा पर्ने श्रीकाङबेशी गाउँ पनि त्यसबाट अछुतो रहेन । केही वर्षअघिसम्म चहलपहल रहने स्थानीय श्रीकाङ युवा क्लव अहिले सुनसानजस्तै बनेको छ ।
गाउँका ६५ वर्पे पुुष्ट बहादुर कुँवर भन्नुहुन्छर्–पहिले बेलुका क्लबमा भेला भएर खेलकुद, सामाजिक कार्य र गाउँको विकासबारे छलफल हुन्थ्यो । अहिले त ताला खोल्ने मान्छे नै छैन । धेरै युवा खाडी मुलुक, मलेसिया, कोरिया र जापान पुगेपछि गाउँमा बुढापाका, महिला र बालबालिका मात्र बढी देखिन्छन् । मरिहालियो भने शव बोक्ने युवा पाइन्न कि भन्ने डर छ ।’
विगत दुई दशकदेखि गाउँमा सक्रिय श्रीकाङ युवा क्लवले सरसफाइ अभियान, रक्तदान, तीज–दशैंजस्ता चाडपर्वमा सांस्कृति कार्यक्रम र खेलकुद प्रतियोगिता संचालन गर्दै आएको थियो । क्लवकै सक्रियतामा बाटोघाटो, यात्रु प्रतिक्षालय निर्माण साथै सामुदायिक विद्यालयका लागि सहयोगका काम समेत भएका थिए । क्लबका अध्यक्ष युवा विराज कुँवर रोजगारीका लागि जापान गैइसक्नु भएको छ । क्लबका पदाधिकारी र सदस्यहरु नै नभएपछि क्लवका गतिविधि ठप्प भएका छन् ।
अधिकांश कुँवर जाति बसोबास रहेको गाउँबाट ६० प्रतिशत बढी घरधुरी बसाइसराई गरी अन्यत्र गैसकेका छन् । स्थानीय कुँवरका अनुसार पुरातत्व विभागबाट शिवालय मन्दिर सम्पदा संरक्षण र पुर्ननिर्माणका लागि विनियोजित ५ लाख रुपैया उपभोक्ता समितिमा युवा सदस्य अपुग हुँदा काम गर्न नसकि रकम फिर्ता गर्नुपर्ने बाध्यता परेको थियो ।
स्थानीय ८४ वर्षीय बम बहादुर कुँवर भन्नुहुन्छर्–युवा नभएपछि गाउँमा जोश–जाँगर हराएको छ । भर्खरै शिवरात्री मनाइयो । शिवालय मन्दिरमा धूनी लगाउने मूढा बोक्ने युवा पनि भएनन् । वैदेशिक रोजगारीले आर्थिक रुपमा घरपरिवार धानिए पनि सामाजिक र सांस्कृतिक संरचनामा असर परेको छ । गाउँमा हामी बुढाबुढी मात्रै रहनुपरेको छ ।’ चार भाई छोरा र तीन छोरीका पिता ८४ वर्षीय कुँवरका अहिले गाउँमा एक वृद्ध श्रीमति मात्रै साथमा हुनुहुन्छ । बाँकी परिवारका सदस्य सवै गाउँदेखि बाहिर बसाई गर्दै आएका छन् ।
गाउँपालिकाका वडा ११ का अध्यक्ष रुद्र पाठकका अनुसार युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाइए पनि कार्यान्वयन भौगोलिक रुपमा चुनौतीपूर्ण छ । कृषि, पर्यटन र साना उद्योगमार्फत् युवालाई रोक्ने प्रयास भइरहेको छ तर तत्काल प्रभाव देखिएको छैन । युवा अभावका कारण स्थानीय तहका विभिन्न उपभोक्ता समितिहरुमा समेत नयाँ नेतृत्व अभाव हुन थालेको छ । खेल मैदान सुनसान छन् । गाउँमा युवाहरु नहुँदा क्लव भवन र शिवालय मन्दिर लगायतका सार्वजनिक भौतिक संरचना धुलाम्मे बन्दै गएको स्थानीयको गुनासो छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया