
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

वैदेशिक रोजगारीको बढ्दो लहर र गाउँलेको बसाइसराईसँगै जिल्लाका ग्रामीण बस्तीहरुमा युवाको अभाव चर्किदै गएको छ । पर्वतको जिल्लाको फलेवास नगरपालिका वडा ११ मा पर्ने श्रीकाङबेशी गाउँ पनि त्यसबाट अछुतो रहेन । केही वर्षअघिसम्म चहलपहल रहने स्थानीय श्रीकाङ युवा क्लव अहिले सुनसानजस्तै बनेको छ ।
गाउँका ६५ वर्पे पुुष्ट बहादुर कुँवर भन्नुहुन्छर्–पहिले बेलुका क्लबमा भेला भएर खेलकुद, सामाजिक कार्य र गाउँको विकासबारे छलफल हुन्थ्यो । अहिले त ताला खोल्ने मान्छे नै छैन । धेरै युवा खाडी मुलुक, मलेसिया, कोरिया र जापान पुगेपछि गाउँमा बुढापाका, महिला र बालबालिका मात्र बढी देखिन्छन् । मरिहालियो भने शव बोक्ने युवा पाइन्न कि भन्ने डर छ ।’
विगत दुई दशकदेखि गाउँमा सक्रिय श्रीकाङ युवा क्लवले सरसफाइ अभियान, रक्तदान, तीज–दशैंजस्ता चाडपर्वमा सांस्कृति कार्यक्रम र खेलकुद प्रतियोगिता संचालन गर्दै आएको थियो । क्लवकै सक्रियतामा बाटोघाटो, यात्रु प्रतिक्षालय निर्माण साथै सामुदायिक विद्यालयका लागि सहयोगका काम समेत भएका थिए । क्लबका अध्यक्ष युवा विराज कुँवर रोजगारीका लागि जापान गैइसक्नु भएको छ । क्लबका पदाधिकारी र सदस्यहरु नै नभएपछि क्लवका गतिविधि ठप्प भएका छन् ।
अधिकांश कुँवर जाति बसोबास रहेको गाउँबाट ६० प्रतिशत बढी घरधुरी बसाइसराई गरी अन्यत्र गैसकेका छन् । स्थानीय कुँवरका अनुसार पुरातत्व विभागबाट शिवालय मन्दिर सम्पदा संरक्षण र पुर्ननिर्माणका लागि विनियोजित ५ लाख रुपैया उपभोक्ता समितिमा युवा सदस्य अपुग हुँदा काम गर्न नसकि रकम फिर्ता गर्नुपर्ने बाध्यता परेको थियो ।
स्थानीय ८४ वर्षीय बम बहादुर कुँवर भन्नुहुन्छर्–युवा नभएपछि गाउँमा जोश–जाँगर हराएको छ । भर्खरै शिवरात्री मनाइयो । शिवालय मन्दिरमा धूनी लगाउने मूढा बोक्ने युवा पनि भएनन् । वैदेशिक रोजगारीले आर्थिक रुपमा घरपरिवार धानिए पनि सामाजिक र सांस्कृतिक संरचनामा असर परेको छ । गाउँमा हामी बुढाबुढी मात्रै रहनुपरेको छ ।’ चार भाई छोरा र तीन छोरीका पिता ८४ वर्षीय कुँवरका अहिले गाउँमा एक वृद्ध श्रीमति मात्रै साथमा हुनुहुन्छ । बाँकी परिवारका सदस्य सवै गाउँदेखि बाहिर बसाई गर्दै आएका छन् ।
गाउँपालिकाका वडा ११ का अध्यक्ष रुद्र पाठकका अनुसार युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाइए पनि कार्यान्वयन भौगोलिक रुपमा चुनौतीपूर्ण छ । कृषि, पर्यटन र साना उद्योगमार्फत् युवालाई रोक्ने प्रयास भइरहेको छ तर तत्काल प्रभाव देखिएको छैन । युवा अभावका कारण स्थानीय तहका विभिन्न उपभोक्ता समितिहरुमा समेत नयाँ नेतृत्व अभाव हुन थालेको छ । खेल मैदान सुनसान छन् । गाउँमा युवाहरु नहुँदा क्लव भवन र शिवालय मन्दिर लगायतका सार्वजनिक भौतिक संरचना धुलाम्मे बन्दै गएको स्थानीयको गुनासो छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया