
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आगामी निर्वाचनलाई लक्षित गर्दै पर्वत जिल्लामा उम्मेदवारबिच सार्वजनिक बहस आयोजना गर्नुपर्ने माग तीव्र बन्दै गएता पनि पहलकदमी भने हुन सकेको छैन । मध्यावधि निर्वाचनको मिति अब ८ दिन मात्रै बाँकी हुँदा पनि प्रतिनिधिसभा सदस्यका उम्मेवारबिच सार्वजनिक बहसका लागि ठोस पहलकदमी हुन सकेको छैन ।
कुल क्षेत्रफल ४९४ वर्ग किलोमिटर रहेको पर्वत भौगोलिक रुपमा सानो भएपनि सम्भावना र चुनौती दुवै बोकेको जिल्ला हो । प्राकृतिक स्रोत, पर्यटन र कृषि सम्भावना उच्च भए पनि दीर्घकालीन विकासका लागि ठोस नीति र कार्यान्वयन आवश्यक देखिन्छ । यसै कारण पनि पहिलो पटक औपचारिक रुपमा उम्मेदवारबीच प्रत्यक्ष बहस गरिनुपर्ने विषयमा नागरिक समाज, युवाहरु र विभिन्न पेशागत संस्थाहरुबीच व्यापक माग भएको हो ।
सामाजिक सञ्जालदेखि चिया पसल र सार्वजनिक कार्यक्रमसम्म उम्मेदवारले आफ्नो चुनावी प्रतिवद्धता खुला रुपमा राखून भन्ने आवाज उठ्न थालेको छ । मतदाताले घोषणापत्रभन्दा बाहिर गएर उम्मेदवारको दृष्टिकोण, योजना र प्रतिवद्धता प्रत्यक्ष सुन्न पाउने अवसर आवश्यक रहेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिवप्रसाद शर्माको भनाई छ ।
पर्वत उद्योग वाणिज्य संघ, प्रेस संगठनहरु तथा विभिन्न सामाजिक युवा क्लवहरुले संयुक्त रुपमा बहस कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे छलफल अघि बढाएको बताएका छन् । उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेका अनुसार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सुशासनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न उम्मेदवारहरुलाई एउटै मञ्चमा ल्याउनु अहिलेको आवश्यकता हो । पूर्व अध्यक्ष लामिछानेले बहसका लागि उम्मेदवारहरुसँग कुराकानी भएको र उम्मेदवारहरुको कार्य व्यस्तता मिलाएर बहस गरिने बताउनुभयो ।
जिल्लाबाट प्रतिनिधिसभाका लागि आकांक्षी उम्मेदवारहरु पनि बहसका पक्षमा देखिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार मनहरि तिमिल्सिना र उज्यालो नेपाल पार्टी पर्वतका उम्मेदवार नविन चोचाङ्गी लगायत केहीले औपचारिक निमन्त्रणा आएमा सहभागी हुन तयार रहेको बताएका छन् ।
नेकपा एमालेका उम्मेदवार पदम गिरी र नेपाली काँग्रेसका उम्मेदवार अर्जुृृन प्रसाद जोशीले दुई दिन पहिले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । बाँकीले चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्न सकेका छैनन् । प्रतिस्पर्धी राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रतिवद्धता सार्वजनिक गरेसँगै सार्वजनिक संवादका लागि थप सहजता बनेको सरोकारवाला पक्षको बुझाई छ ।
जिल्लामा भ्रष्टचार विरुद्ध र सुशासनका लागि आवाज उठाउदै आएको जेन्जी सहितका युवाहरु संलग्न संस्था पर्वत युवा सञ्जालका सचिव मदन पौडेलले सार्वजनिक बहस अत्यन्तै आवश्यक रहेकोले पहल गर्दै गरेको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रदेश अस्पताल कुश्मा पर्वतका निर्वतमान अध्यक्ष शंकर गिरीको मत पनि उम्मेदवारबिच सार्वजनिक बहस हुनु लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हुने औल्याउनु हुन्छ । उम्मेदवारले जिल्लाको समग्र विकासका लागि कस्तो परिकल्पना र अवधारणा लिएका छन् भन्ने कुरा सार्वजनिक बहसले जनतालाई सूसुचित हुने अवसर प्रदान गर्ने युवा नेता गिरीको दाबी छ ।
होटल व्यवसायी संघ पर्वतका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उम्मेदवारहरुबिच बहस हुनुपर्छ भन्ने धारणा राख्दै भन्नुहुन्छर्–युवा पलायन पर्वत जिल्लाको गम्भीर समस्या हो । कृषि, पर्यटन, जलविद्युत, जडीबुटी र साना उद्यममा प्रशस्त सम्भावना हँुदाहुदै पनि नीति र लगानीको कमी देखिन्छ । जिल्लामा पर्यटनको संभावना भए पनि पर्यटन प्रवद्र्धनका लागि अति आवश्यक पर्यटन सूचना केन्द्र स्थापनाको पहल कहिकतैबाट भएको छैन । त्यसैले संसदमा जाने प्रतिनिधिले युवामुखी, रोजगारमुखी र दीर्घकालीन विकास दृष्टि बोकेको हुनुपर्छ । तत्कालीन लोकप्रियताभन्दा भविष्य निर्माणमा केन्द्रित भिजन, सोच र अवधारणाको विशेषता हुनुपर्छ भन्नका लागि बहसको खाँचो छ ।’
पर्वतेली जनता पर्वतबाट जाने प्रतिनिधि भाषणमा सीमित नभई परिणाम निकाल्न सक्ने, जिल्लाको पक्षमा दृढतापूर्वक उभिन सक्ने र जनताप्रति उत्तरदायी भएको देख्न चाहन्छन् । जनताको भावना र मर्म बुझ्ने सांसदले मात्र पर्वत जिल्लाको समग्र विकास र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सक्छ भन्ने आमपर्वतेलीको धारणा रहेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया