
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतमा यसअघि उम्मेदवारको चुनावी प्रतिवद्धताबारे खासै चर्चा र बहस हुने गरेको पाइएको थिएन । जेन्जी विद्रोहपछि हुन थालेको आसन्न निर्वाचनमा भने उम्मेदवारले प्रस्तुत गरिने चुनावी ऐजेण्डामा चर्चा र बहसको थालनी भएको छ ।
आसान्न निर्वाचन नजिकिदै गर्दा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कम्युनिष्ट पार्टीका युवा नेता मनहरि तिमिल्सिना र उज्यालो नेपाल पार्टीका नविन चोचाङ्गीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका थिए । दुई उम्मेदवारहरुको चुनावी ऐजेण्डा र प्रतिवद्धता सार्वजनिक भएसँगै पर्वतका बौद्धिक र सचेत नागरिकका माझ तरंग पैदा गरिसकेको थियो । चुनावी प्रतिवद्धता सार्वजनिक गर्न नसकेका बाँकी उम्मेदवारहरुलाई समेत नैतिक दबाब पुगेको आमसर्वसाधारणको ठम्याइ थियो ।
नेकपाका प्रतिनिधि उम्मेदवार तिमिल्सिनाले २३ बुँदे विकसित पर्वतका लागि मनहरि तिमिल्सनाको रोडम्याप सार्वजनिक गरिसकेपछि जिल्लामा बौद्धिक जमातविच एकखाले बहसको संचार भइरहेको छ । लगत्तै तिमिल्सिनाले फलेवास नगरपालिकाको मोती पुस्तकालयमा प्राज्ञिक, योजनाविद्, शिक्षाविद् साथै अनुसन्धानविद् लगायतका प्राज्ञिक व्यक्तित्वहरुको उपस्थितिमा वृहत्तर विचार गोष्ठीको आयोजना गरे ।
विचार गोष्ठीले पर्वतको विकास र संम्भावनाबारे यसअघि कहिल्यै दिन नसकेको सचेत नागरिक र बुद्धिजीवीवर्ग माझ वैचारिक तरंगको उठान गर्न सक्यो । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तिमिल्सिनाले वृहत्तर विचार गोष्ठिको आयोजना गरिसक्दा समेत ्उज्यालो नेपालका उम्मेदवार नविन चोचाङगी बाहेकका बाँकी उम्मेदवारले चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्ने जाँगर चलाएका थिएनन् । दुई दिन पहिले मात्रै नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । बाँकीले चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्न सकेका छैनन् ।
उम्मेदवार तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरुमा आधुनिक कृषि र पर्यटन, पकेट क्षेत्र विकास, गुणस्तरीय शिक्षा व्यवस्था, डिजिटल पर्वत निर्माण, आइसिटी हब, पर्वत विकास सम्मेलन, संसदमा मेरा प्रतिवद्धता, सार्वजनिक प्रतिवद्धता लगायतका महत्वपूर्ण विषयहरु छन् । जसले आममतदाताको मन जितेको छ ।
युवा नेता तिमिल्सिनाको चुनावी प्रतिवद्धता सार्वजनिक भएसँगै जिल्लामा उम्मेदवारले सार्वजनिक गर्ने प्रतिवद्धता कस्को कस्तो हुने भन्नेबारे छलफल भइरहेको छ । यसैबेला उज्यालो पार्टीका प्रतिनिधि उम्मेदवार चोचाङ्गीले सार्वजनिक गरेको ७ बुँदे राजनीतिक प्रतिवद्धताले नागरिक समाजमा थप बहसको बाटो खुलेको छ ।
उम्मेदवार चोचाङ्गीले उठाएका ७ बुँदे मध्ये पहिलो बुँदामा पानी र हावालाई पुनः प्रयोग गरी एकैसाथ विद्युत उत्पादन गर्ने प्रविधिको उल्लेख गरिएको छ । यो प्रविधिबाट उत्पादन गर्दा नेपालमा ८३ हजार मेगावाट मात्र नभई १ करोड मेगावाट भन्दा धेरै उत्पादन हुने दाबी गरिएको छ ।
जिल्लाको समग्र आर्थिक र भौतिक विकासका लागि सवै उम्मेदवारको अवधारणा के के छन् भन्ने कुरा पर्वतेली जनता जानकार हुन पाएका छैनन् । जिल्लामा प्रतिनिधिसभा उम्मेदवारी दर्ता गरेका १७ जनामध्ये हालसम्म केही उम्मेदवारले मात्रै चुनावी प्रतिवद्धता सार्वजनिक गर्नु विडम्वना हो । चुनावी ऐजेण्डा नै सार्वजनिक गर्न नसक्नेले कसरी सार्वजनिक बहस गर्न सक्छन् भन्ने प्रश्न जनतामाझ उव्जिएको छ । अझ भन्नुपर्दा सांसदले नीतिनियम, विधि, कानूनसँगै मुलुकलाई समाजवाद उन्मूख राज्यव्यवस्थातर्फ डो¥याउने स्पष्ट खाका र अवधारणा तय गरी त्यसका लागि सक्रिय पहलकदमी गर्ने हो । जनमुखि नीति निर्माणका लागि निर्णायक भूमिका खेल्ने हो ।
चुनाव आउन अब ८ दिन मात्रै बाँकी छ । उम्मेदवारबिच चुनावी ऐजेण्डाबारे खुला बहस हुनुपर्छ भन्ने आमसर्वसाधारणको चाहना भएपनि हुन सकेको छैन । सरोकारवाला पक्षले ठोस पहलकदमी लिन समेत सकेको अवस्था छैन । जिल्लामा सडक सञ्जालको अपुरो अवस्था, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, शिक्षा र रोजगारीका सीमित अवसर तथा बढ्दो बसाइँसराइ प्रमुख समस्या बनेका छन् । ग्रामीण भेग अझै पनि आधारभुत पुर्वाधारबाट टाढा छन् । यस्तो अवस्थामा संसदमा जाने प्रतिनिधिले जिल्लाको समस्या कागजमा लेखिएको तथ्यबाट होइन, प्रत्यक्ष अनुभव र जनसंवादबाट बुझेको हुनुपर्छ । उम्मेदवारले आफ्नो विकासको ऐजेण्डा प्रस्तुत गरेमात्रै जनताले कुन उम्मेदवारको ऐजेण्डा उपयुक्त लाग्छ सोही अनुसार आफ्नो मतदान गर्ने वातावरण हुने थियो ।
अवैद्य दोहनले मानवसभ्यताको जननी मानिने कालीगण्डकी नदीको अस्तित्व मेटिन लाग्दा समेत सोबारे संसदमा चुइक्क नबोल्ने संसद हुँदा जनताको मन रोएको छ । पर्वतमा विकास योजना नआएको भन्दा पनि आएका योजनाको प्रभावकारी कार्यान्वयन नहुनु ठुलो समस्या बनेको छ । सरकारले लिएको नारा अनुरुप जिल्लामा करोडौ लगानीमा थालिएको एक पालिका एक ग्राम योजना कुश्मा नगरपालिका र विहादी गाउँपालिकामा वर्षौदेखि अलपत्र पारिएका छन् ।
पूर्व प्रधानमन्त्री केपी ओलीको पालामा सातै पालिकामा संचालन गरिने भनी उद्घाटन गरिएका आधारभूत अस्पताल भवन संचालनमा ल्याउन नसकेर अलपत्र छाडिएका छन् । गाउँका सर्वसाधारणले निशुल्क पाउन पर्ने औषधि सिटामोल समयमा पाउन सकेका छैनन् । यी यावत समस्या र चुनौती साथै जनताको चाहनाबारे उम्मेदवारहरुको अवधारणा के छ ? पर्वतेली जनता र सिंगो पर्वतको विकास र सम्वृद्धिका लागि कुन चाहि उम्मेदवार बढी जिम्मेवार हुनसक्छ ?
नागरिक समाजका सवाल र जवाफका लागि सवै उम्मेदवारबिच खुला पब्लिक डिबेटको खाँचो छ । यसबारे स्वयंम उम्मेदवारले समेत चासो र पहल गर्न आवश्यक छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवार भनेको चाहे पार्टीबाट होस् या स्वतन्त्र नै किन नहोस् जनताको प्रश्नदेखि भाग्नु हुँदैन । जनताको प्रश्नको जवाफ दिन सरल ढंगले प्रस्तुत हुने उम्मेदवार नै असली उम्मेदवार हो । असली उम्मेदवार जनताबाट भाग्नु पर्दैन ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया