News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहारापाटी विशेष

रास्वपाका उम्मेदवार भुषालको पर्वतबाट शानदार विजय

पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले प्रतिनिधि सभा सदस्यमा शानदार मतले विजय हासिल गरेका छन् । रास्वपाका उम्मेदवार सागर भुषालले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले फरक पार्दै २६ हजार ५ सय ६१ मत हासिल गरी विजय भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई १० हजार बढी मतान्तरले उछिनेका विजयी उम्मेदवार भुषालले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ११ हजार बढी मतले फरक पारेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार जोशीले १५ हजार ९ सय ५४ मत, एमालेका गिरीले १५ हजार ७५ मत, नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिनाले ४ हजार ५ सय ५७ मत हासिल गरेका छन् ।
विजयी उम्मेदवार भुषालले भन्नुभयोर्–यो विजय मेरो व्यक्तिगत विजय होइन । सम्पूर्ण पर्वत जिल्लाका नागरिकहरुको विजय हो । यहाँहरुको विश्वासलाई सम्मान गर्दै, सवै नागरिकलाई समान व्यवहार गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमान्दारिपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ । पर्वतको विकास, देशको सम्वृद्धि र सकारात्मक परिवर्तनका लागि अब हामी सवै मिलेर अघि बढ्नेछौ ।’
जिल्लामा रहेका मतदाता संख्या १ लाख २५ हजार ४ सय ६६ मध्ये ६३ हजार ३ सय ६७ मत खसेको हो । खसेको मतको करीव ४२ प्रतिशत मत हासिल गरी रास्वपाका उम्मेदवार भुसाल पर्वतबाट प्रतिनिधिसभा सदस्य बनेका छन् । रोचक त के भने शुरुदेखि नै मत प्राप्तिमा अग्रता हासिल गरेका भुषालले भारी मतान्तर सहित प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
बलियो संगठन मानिएको एमाले पार्टीका उम्मेदवार गिरी र नेपाली कांग्रेसका जोशीलाई भारी मतान्तरले पछाडि पारेका भुषालको चुनाव अवधिमा पनि खासै बढी चर्चा थिएन । नेपाली कांग्रेस पार्टीको विद्यार्थी संगठन नेविसंघको राजनीतिक पृष्ठभूमिका भुषाललाई बलियो उम्मेदवारको रुपमा नहेरिएको भए पनि पर्वतेली जनताले भारी मत सहित जित दिलाई दिएपछि भने जनमानसमा यतिखेर उहाँको जितलाई लिएर चर्चा बढेको छ ।

प्रतिक्रिया