
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

सुशासन स्थापना र भ्रष्टचार विरुद्ध गरिएको विद्यार्थीको आन्दोलनको रुप जेन्जी विद्रोहमा बदलिन्छ भन्ने सोच कसैमा थिएन । जेन्जी विद्रोहले दुईतिहाईको बलमा गठित ओली सरकार भताभुंग हुने आंकलन समेत कसैको थिएन ।
जेन्जी विद्रोहका कारण संसद भंग भयोे । प्रतिनिधिसभा विघटनपछि सम्पन्न भएको २०८२ साल फागुन २१ को मध्यावधि निर्वाचन अघिल्ला आमनिर्वाचनहरुको तुलनामा केही फरक विशेषतासहित सम्पन्न भएको छ । संंविधान अनुसार नियमित रुपमा हुने आमनिर्वाचनभन्दा यसपटकको निर्वाचन राजनीतिक परिस्थितिका कारण समयअघि नै आयोजना गरिएको हो ।
अघिल्ला आमनिर्वाचनहरुमा दलहरुले दीर्घकालीन नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसार गर्ने गरेका थिए । तर मध्यावधि निर्वाचनामा सुशासन र भ्रष्टचारकै विषयलाई चुनावी बहसका मुख्य मुद्धा बनेका छन् । यसपटकको निर्वाचनमा उम्मेदवार चयन, गठबन्धको स्वरुप र प्रचारप्रसारशैलीमा पनि परिवर्तन देखिएको छ ।
संसदीय चुनाव खर्चिलो र भड्किलो भयो भन्ने राजनीतिक पार्टी पंक्तिमा रहदै आएकोमा यसपाली त्यसो भएन । यदि कहिकतै गरिएको भएपनि जनताले रुचाएनन् । कहिकतै मासुभात र केही पैसा हातमा लिएपनि मत भने आफ्नो इच्छा अनुसार नै राखेको मत परिणामले देखाउँछ । यसपाली मत विक्री भएन भन्न सकिन्छ । योग्य र इमान्दार अनि जनताको मन जितेको उम्मेदवारले जनताको तन, मन र धन सवै साथसहयोग पाउने रहिछ भन्ने समेत यो निर्वाचनले छर्लङ्ग पारिदिएको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार उठेर जित हासिल गरेका महाविर पुन यसका असली उदाहरण हुन् ।
कतिपय स्थानमा नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारको उपस्थिति उल्लेखनीय देखिएको छ भने सामाजिक सञ्जालमार्फत् चुनावी प्रचार झन् सक्रिय भएको छ । राजनीतिमा नयाँ अनुहारहरु जो विषयगत विज्ञता र ज्ञान भएका शिक्षित युवापंक्ति उल्लेख्य सहभागीताले भोलि नेपालको नीतिनिर्माणमा नयाँ युगचेतसहितका व्यक्तित्वहरुकै वर्चस्व रहने आंकलन गर्न सकिन्छ । नेपाली जनता चर्को भाषण र गालीगलौजलाई पत्याउन छोडेर राजनीतिक ऐजेण्डा र मुद्धा केन्द्रित रहेको पाइयो । आमसर्वसाधारण मतदाताको रोजाईमा उम्मेदवारमध्ये पनि असल, इमान्दार, कर्मशील युवाहरु परे । पटकपटक संसद र मन्त्री भई परीक्षण भइसकेका अधिकांश उम्मेदवारहरु जनताको रोजाईमा परेनन् ।
निर्वाचन पर्यवक्षकहरुका अनुसार मध्यावधि निर्वाचनले राजनीतिक स्थायित्वको प्रश्नलाई पनि केन्द्रमा ल्याएको छ । समानुपातिक चुनावी प्रणालीका कारण एकल बहुमत आउन सक्दैन भन्ने भाष्य समेत यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको प्रत्यक्ष तथा समानुपातिक मतको प्राप्तिले तोडिदिएको छ । रास्वपाले एकल बहुमतको सरकार निर्माण गर्दैछ ।
यसपटकको मध्यावधि निर्वाचन अघिल्ला आमनिर्वाचनभन्दा समय, कारण, राजनीतिक परिवेश र चुनावी मुद्धाका हिसाबले फरक विशेषता बोकेको र नयाँ अभ्यासतिर लम्किएको देखिन्छ । अहिलेको चुनावी नतिजाले के देखाउँछ भने जनता अब नेताबाट पढ्ने भन्दा बढी नेतालाई पाठ पढाउने भइसकेका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया