
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

सुशासन स्थापना र भ्रष्टचार विरुद्ध गरिएको विद्यार्थीको आन्दोलनको रुप जेन्जी विद्रोहमा बदलिन्छ भन्ने सोच कसैमा थिएन । जेन्जी विद्रोहले दुईतिहाईको बलमा गठित ओली सरकार भताभुंग हुने आंकलन समेत कसैको थिएन ।
जेन्जी विद्रोहका कारण संसद भंग भयोे । प्रतिनिधिसभा विघटनपछि सम्पन्न भएको २०८२ साल फागुन २१ को मध्यावधि निर्वाचन अघिल्ला आमनिर्वाचनहरुको तुलनामा केही फरक विशेषतासहित सम्पन्न भएको छ । संंविधान अनुसार नियमित रुपमा हुने आमनिर्वाचनभन्दा यसपटकको निर्वाचन राजनीतिक परिस्थितिका कारण समयअघि नै आयोजना गरिएको हो ।
अघिल्ला आमनिर्वाचनहरुमा दलहरुले दीर्घकालीन नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसार गर्ने गरेका थिए । तर मध्यावधि निर्वाचनामा सुशासन र भ्रष्टचारकै विषयलाई चुनावी बहसका मुख्य मुद्धा बनेका छन् । यसपटकको निर्वाचनमा उम्मेदवार चयन, गठबन्धको स्वरुप र प्रचारप्रसारशैलीमा पनि परिवर्तन देखिएको छ ।
संसदीय चुनाव खर्चिलो र भड्किलो भयो भन्ने राजनीतिक पार्टी पंक्तिमा रहदै आएकोमा यसपाली त्यसो भएन । यदि कहिकतै गरिएको भएपनि जनताले रुचाएनन् । कहिकतै मासुभात र केही पैसा हातमा लिएपनि मत भने आफ्नो इच्छा अनुसार नै राखेको मत परिणामले देखाउँछ । यसपाली मत विक्री भएन भन्न सकिन्छ । योग्य र इमान्दार अनि जनताको मन जितेको उम्मेदवारले जनताको तन, मन र धन सवै साथसहयोग पाउने रहिछ भन्ने समेत यो निर्वाचनले छर्लङ्ग पारिदिएको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार उठेर जित हासिल गरेका महाविर पुन यसका असली उदाहरण हुन् ।
कतिपय स्थानमा नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारको उपस्थिति उल्लेखनीय देखिएको छ भने सामाजिक सञ्जालमार्फत् चुनावी प्रचार झन् सक्रिय भएको छ । राजनीतिमा नयाँ अनुहारहरु जो विषयगत विज्ञता र ज्ञान भएका शिक्षित युवापंक्ति उल्लेख्य सहभागीताले भोलि नेपालको नीतिनिर्माणमा नयाँ युगचेतसहितका व्यक्तित्वहरुकै वर्चस्व रहने आंकलन गर्न सकिन्छ । नेपाली जनता चर्को भाषण र गालीगलौजलाई पत्याउन छोडेर राजनीतिक ऐजेण्डा र मुद्धा केन्द्रित रहेको पाइयो । आमसर्वसाधारण मतदाताको रोजाईमा उम्मेदवारमध्ये पनि असल, इमान्दार, कर्मशील युवाहरु परे । पटकपटक संसद र मन्त्री भई परीक्षण भइसकेका अधिकांश उम्मेदवारहरु जनताको रोजाईमा परेनन् ।
निर्वाचन पर्यवक्षकहरुका अनुसार मध्यावधि निर्वाचनले राजनीतिक स्थायित्वको प्रश्नलाई पनि केन्द्रमा ल्याएको छ । समानुपातिक चुनावी प्रणालीका कारण एकल बहुमत आउन सक्दैन भन्ने भाष्य समेत यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको प्रत्यक्ष तथा समानुपातिक मतको प्राप्तिले तोडिदिएको छ । रास्वपाले एकल बहुमतको सरकार निर्माण गर्दैछ ।
यसपटकको मध्यावधि निर्वाचन अघिल्ला आमनिर्वाचनभन्दा समय, कारण, राजनीतिक परिवेश र चुनावी मुद्धाका हिसाबले फरक विशेषता बोकेको र नयाँ अभ्यासतिर लम्किएको देखिन्छ । अहिलेको चुनावी नतिजाले के देखाउँछ भने जनता अब नेताबाट पढ्ने भन्दा बढी नेतालाई पाठ पढाउने भइसकेका छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया