
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

जिल्लाको उत्तरभेगमा अवस्थित जलजला हमपाल क्षेत्र पर्यटकीय आकर्षणको गतिलो गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेको हम्पाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको संख्या यतिखेर दिनानुदिन बढ्दो छ ।
पर्वतको जलजला गाउँपालिकाको जलजला भन्ने स्थानसम्म केही पक्की तथा कच्ची सडक पुगेको छ । गाडी गुड्न नसक्ने स्थानबाट रोमाञ्चक र साहसिक पैदल यात्रा सुरु हुन्छ । पैदलयात्रीले समुद्र सतहदेखि ३३ सय मिटर उचाईमा रहको जलजला क्षेत्रको हमपालको रमणीय लेकसम्म पाइला टेक्न सक्छन् । मोदीगाउँपालिकाको हम्पाल लेक, माटेको लेक, डाँडाकमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट, कास्की विरेठाँटी सम्म दुई दिनमा पैदल यात्रा गर्न सकिन्छ ।
पैदलयात्रीले हमपाल क्षेत्रमा पर्ने जलजला सरोवर, हमपाल-ओमपाल), सिर्पु लगायतका स्थानहरुका रमणीय दृश्यको अवलोकन गर्न सक्नेछन् । यात्रा क्रममा थरीथरी रंगमा लटरम्म फूलेका लालीगुराँस रुखहरुले सजिएको हप्माल लेकको प्राकृतिक दृश्यावलोकन, जैविक विविधता तथा स्थानीय कलासंस्कृतिको झलकले जसकसैको मन फुरुङ्ग हुन्छ । हम्पाल क्षेत्रमा मात्रै लालीगुराँसका विभिन्न थरीका फूलहरु फूल्ने वर्षौ पुराना रुखहरु पाइन्छन् ।
हम्पाल क्षेत्र स्थानीय जलजला गाउँपालिका र मोदी गाउँपालिका क्षेत्रमा पर्ने हुँदा पनि स्थानीय पालिकाले यस क्षेत्रको पर्यटकीय विकासका लागि चासो देखाएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले हम्पाल क्षेत्रको दिगो विकासका लागि सडक निर्माण, धर्मशाला निर्माण, पदमार्ग विस्तार, विद्युत तथा इन्टरनेट पहुँच, खानेपानीको व्यवस्था, भगवान शिवको मूर्ति तथा मन्दिर निर्माण, जटभरतको मूर्ति स्थापना, गौतम बुद्धको मूर्ति स्थापना लगायतका योजना रहेको उल्लेख गरेका थिए ।
कालाञ्जर क्षेत्रमा आकर्षक पदमार्ग, मनमोहक हिमश्रृंखला दृश्य, ऐतिहासिक स्थल र धार्मिक आस्थाका केन्द्रहरु रहेका छन् । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र पहुँच मार्गको समस्या जस्ता कारणले अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् । यात्रामा सहभागी पैदलयात्रीले कालान्जर क्षेत्र समेत भनेर चिनिने हमपाललाई व्यवस्थित रुपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउँछन् । जलजला क्षेत्रको सम्भावना निकै ठुलो छ तर आवश्यक पूर्वाधार र प्रचार नहुँदा ओझेलमा परेको छ ।
जलजला क्षेत्रमा विगत ३ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका स्थानीय टिका पुनले पर्यटकीय विकासका नाममा जथाभावी भौतिक संरचना बनाउदा यहाँको मौलिक प्राकृतिक स्वरुप विगार्न नहुने र जंगल पैदल यात्रा नै उपयुक्त हुने सुझाउनु हुन्छ । यस वर्ष पर्यटकको आगमन उल्लेख्य रहेको होटल व्यवसायी पुनको भनाई छ । पर्यटकीय क्षेत्रमा स्थानीय होटल व्यवसायीहरुले विद्युत र संचार इन्टरनेटको सुविधाको निकै खाँचो रहेको गुनासो गरेका छन् । स्थानीय बासिन्दाको सिर्पु लगायतका स्थानलाई योगसाधना र ध्यान केन्द्रका रुपमा समेत संरक्षण र विकास गर्न सकिने भनाई छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया